आज:  | Thu, 01, Dec, 2022

चौथो यमराज सडक दुर्घटना

२०७५, १८ जेष्ठ शुक्रबार १६:२४ मा प्रकाशित ( ४ साल अघि) १५२५८ पाठक संख्या

जेठ १८ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपालमा मानिसको मृत्युको चौथो कारणको रुपमा सवारी दुर्घटना देखाएको छ । बर्षेनी नेपालमा हुने मृत्युमध्ये ७ प्रतिशत मानिसको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक छ । यस्तै, नेपालमा दुर्घटनाबाट दैनिक औसतमा ६ जनाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ ।

यसैबीच नेपालमा सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही देखिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले बताउनु भएको छ । गएका पाँच वर्षको अवधिमा चालकको लापरवाहीबाट ७१ प्रतिशत दुर्घटना भएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

खबर एक्सप्रेस