आज:  | Thu, 01, Dec, 2022

पाल्पा बस दुर्घटना १३ जनाको मृत्यु,सबैको पहिचान

२०७५, १८ जेष्ठ शुक्रबार १५:३८ मा प्रकाशित ( ४ साल अघि) ११८३३ पाठक संख्या

जेठ १८ ।

पाल्पामा १३ जनाको मृत्यु भएको भने २७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतक सबैको पहिचान भएको छ ।

सहकारीबाट अध्ययन अवलोकन भ्रमणमा हिँडेका चढेको बस दुर्घटना भएकाे हाे । प्रहरीका अनुसार विष्णुमान बज्राचार्य, उहाँका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गा श्रेष्ठ र कृष्ण्णबहादुर बोहराको ज्यान गएको हो । सचिन बज्राचार्य र कमला कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।

ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुनुहुन्छ । घाइतेमध्ये १० जनाको युनाइटेड  मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, अर्जुन थापा र प्रविण बज्राचार्य रहनुभएको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस आज रम्घा गाउँपालिका ४ हुमिनमा दुर्घटनाग्रस्त भएको थियो । वसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्यहरु रहेका थिए ।

खबर एक्सप्रेस