आज:  | Fri, 19, Aug, 2022

फिल्म घोषणामा प्रतिस्पर्धा : अनमोल ३ प्रदीप १

२०७५, १६ जेष्ठ बुधबार १३:०० मा प्रकाशित ( ४ साल अघि) १०५६२ पाठक संख्या

जेठ १६ ।
यो हप्ता नायक अनमोल के.सी. र प्रदीप खड्का बिच नया चलचित्र घोषणा गर्ने होडबाजी नै चल्यो । दुबै नायक छायांकनमा रहेको बेला दुबैको नया चलचित्रको घोषणा धमाधम भए । अनमोलको आगामी ३ चलचित्र को समचार बाहिर आयो भने प्रदीपको १ चलचित्रको समचार बाहिरियो ।

अनमोलले महँगो पारिश्रमिक लिएर सुनिल कुमार थापा र झरना थापा सग ए मेरो हजुर ३ मा अनुवन्दित भएको समचार छ । थापा दम्पतीकी पुत्री सुहना थापा सग चलचित्रमा अनमोलले जोडी बाध्ने छन । त्यसै गरि ए मेरो हजुर ३ को छायांकन लगत्तै अनमोल छोटो समयमा धेरै चलचित्र निर्देशन गर्ने निर्देशक मिलन चाम्सको चलचित्रमा काम गर्नेछन् । शीर्षक नछानिएको उक्त चलचित्रमा निर्देशक चाम्स निर्देशित र प्रदिप अभिनित लिलीबिलीका एक निर्मता सुदिप खड्काको लगानी रहने छ । प्रकाशित समचार अनुसार मिलन चाम्सको चलचित्र सकिए सगै अनमोलले हिन्दी र नेपाली भाषामा बन्ने अर्को चलचित्रमा काम गर्नेछन् । जुन चलचित्रमा भारतिय नागरिकको लगानी रहनेछ भने अनमोल पिता भुवन के.सी. ले निर्देशन गर्नेछन । चलचित्रमा भारतिय कलाकार जेकी श्राबले समेत अभिनय गर्ने हल्ला छ भने एक नायिका बलिउड र एक कलिउडबाट राखिने छ ।

यसरी अनमोलको लगतार ३ चलचित्रको घोषणा हुदा नेपाली चलचित्र उधोगमा उनका प्रतिस्पर्धी मानिने नायक प्रदीप खड्काको पनि १ चलचित्रको समचार बाहिरिएको छ । समचार अनुसार अब उनी आफैले बितरक तथा लिलीबिली निर्मता गोबिन्द शाही सग मिलेर लभ स्टेसन नामक चलचित्र बनाउदै छन । चलचित्रमा ऊनी सगै लिलीबिली नायिका जसिता गुरुङको अभिनय रहने गाइगुइ छ तर जसिताको बारेमा पुष्टी गरिएको छैन । प्रदीपको चलचित्रलाई अनुभवी निर्देशक उज्वल घिमिरेले निर्देशन गर्ने छन ।

हाल अनमोल के.सी. क्पाप्टेन र प्रदीप खड्का रोजी नामक चलचित्रको छायांकनमा ब्यस्त छन ।

खबर एक्सप्रेस