आज:  | Sat, 20, Aug, 2022

अनमोलले एक पछि अर्को फिल्म साइन गर्नुको कारण ?

२०७५, १५ जेष्ठ मंगलवार १६:०४ मा प्रकाशित ( ४ साल अघि) ११४१६ पाठक संख्या

जेठ १५ । सुपरस्टार अनमोल केसि अहिले धमाधम फिल्म साइन गरिरहेका छन् । ‘क्याप्टेन’ फ्लोरमा हुँदा नै उनले अन्य २ वटा फिल्म साइन गरिसकेका छन् । किन धमाधम फिल्म साइन गर्दैछन् त अनमोल ?

चलचित्र कृ को लागी अनमोल ले झण्डै दुइ बर्ष दिए । चलचित्रको लागी उनले ज्यान दिएर नयाँ लुक्स र स्टाइल दिए तर चलचित्र ले सोचे जस्तो व्यापार गर्न सकेन । कृ रिलिज पछि रातारात कायापलट होला भन्ने आश सामान्य बिजनेशमा नै चित्त बुझाउनु पर्यो । अन्तत २ बर्ष रिजर्भ बसेर एउटै फिल्मलाइ समय दिएका अनमोल यतिबेला भने एक पछि अर्को टाइट सेड्यूअल मा काम गर्ने भएका छन् ।
२० लाख लिएर दुइ बर्ष एउटै फिल्मको लागी समय दिएका अनमोल कतै कृ निर्माण ताका दुइ बर्षको घाटा उठाउने चक्करमा त छैनन् ?
केहि दिन अघि मात्र झरना थापाको ए मेरो हजुर ३ मा अनुवन्ध भएका अनमोल मिलन चाम्सको अर्को प्रोजेक्टमा साइन गरेका छन् ।

खबर एक्सप्रेस