आज:  | Wed, 30, Nov, 2022

‘१०० कडा १०’ बाट रजतपटमा इन्ट्री गर्दै करुणा श्रेष्ठ 

२०७५, १५ जेष्ठ मंगलवार १५:१५ मा प्रकाशित ( ४ साल अघि) १४१५९ पाठक संख्या

जेठ १५ ।

भ्रष्टाचार माथी माया भन्दै सामाजीक बिषय वस्तुमा आधारीत रहेको चलचित्र १०० कडा १० फ्लोरमा छ । चलचित्र मनोज गजुरेको जिवनीसंग पनि मेल खाने सुन्नमा आएको छ । टेलिचलचित्र,म्युजिक भिडियोबाट परिचित नायक अमृत ढुङगाना फिल्मका मुख्य पात्र हुन । उनको अपोजिटमा नव नायीका करुणा श्रेष्ठलाई देख्न सकिन्छ । नायीका करुणा मिस कलेज २०११ की बिजेता पनि हुन । शैक्षिक योग्यताको रुपमा हेर्दा उनले प्लस टुमा जिव विज्ञानको अध्यन पुरा गरेकी छन् । फिल्ममा उनलाई लवर गलको भुमिकामा देख्न सकिन्छ ।

दर्शन नेपाल क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र १०० कडा १० लाई रज्जु प्रधान र उत्तम खत्रिले निर्माण गरेका हुन । चलचित्रलाई प्रेम गित २ का निर्देशक रामशरण पाठकले निर्देशन गरेका छन ।चलचित्र मंसिरमा रिलिज हुने उसै चलचित्रका पब्लिसिटि डाइरेक्टर सुदिप पौडेलले जानकारि दिए ।

खबर एक्सप्रेस