आज:  | Wed, 30, Nov, 2022

योगेश वैद्यलाई दीर्घ साधना सम्मान

२०७५, १५ जेष्ठ मंगलवार १३:०५ मा प्रकाशित ( ४ साल अघि) १४१६३ पाठक संख्या

जेठ १५  ।

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्ण नेपाल ९४ ले आज आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । एक बिशेष समारोहमा रेडियो अन्नपुर्ण नेपालले वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यलाई आधुनिक गीत संगीतमा विशिष्ट योगदान गरे वापत सम्मान गरेको छ ।

२५ हजार रुपैयाँ नगदसहित दीर्घ साधना सम्मानबाट वैद्यलाई सम्मान गरिएको हो । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले वैद्यलाई दोसल्ला उडाएर सम्मान गर्नुभयो । यस्तै वरिष्ठ सञ्चारकर्मी यज्ञनिधि दाहाल र भाषाविद् चुडामणि गौतमलाई पनि सम्मान गरिएको छ । बार्षीक उत्सवको अवसरमा रेडियोले उत्कृष्ट कर्मचारीलाई समेत पुरस्कार प्रदान गरेको छ । समाचार शाखाबाट शिव सुनार , लेखा शाखाबाट देवेन्द्र श्रेष्ठ र प्राविधिक शाखाबाट रोशन थापा उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको हो ।

खबर एक्सप्रेस