आज:  | Mon, 15, Aug, 2022

१३ खर्ब १५ अर्ब को बजेट बिनियोजन

२०७५, १५ जेष्ठ मंगलवार १२:४५ मा प्रकाशित ( ४ साल अघि) १६१६९ पाठक संख्या

जेठ १५ ।
सरकारले आर्थिक बर्ष २०७५÷७६का लागि १३ खर्ब १५ र्अबको बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले शिक्षामा सबै भन्दा धेरै १ खर्ब ३५ अर्ब बजेट छुट्याएको छ । त्यस्तै भौतीक पुर्वाधारमा एक खर्ब ९ अर्ब , उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड र हवाइ क्षेत्रमा १९ अर्ब ३५ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै स्वास्थ्य क्षेत्र लागि ५६ अर्ब , पर्यटन क्षेत्रका लागि ५ अर्व २० करोड ३४ लाख , सडक बजेट ५ अर्ब छुट्याइएको छ । सरकारले खेलकुद क्षेत्रका लागि २ अर्ब चार करोड , उधोग बाणिज्य क्षेत्रका लागि १० अर्ब ४८ करोड बिनियोजन गरेको छ ।

त्यस्तै त्यस्तै झापाबाट डडेलधुरा जोढ्ने मदन भण्डारी राजमागका लािग ४ अर्ब ५० करोड बिनियोजन गरेको छ । सरकारले बजेट मार्फत देशभरका सबै स्थानीय तहमा एउटा हेलिप्याड बनाउने , प्रत्येक स्थानीय तहमा एउटा रंगशाला निर्माण गर्ने , लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गरिने , सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने ,चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गरिने, पत्रकार दुर्घटना विमाका लागि अनुदान बढाउने , सबै प्रकारका सूचनामा नेपालीको पहुँच र्पुयाइने प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाइने लगायतका महत्वकाक्षिं योजनाहरु घोषणा गरेको छ ।

त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड प्रदान गरिने पनि बजेटमा उल्लेख छ । त्यस्तै गाडी र मोटरसाइकलमा कर बृद्धि भएको छ । मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरिदाँ शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क भने खारेज गरिएको छ । त्यस्तै भूकम्पबाट ध्वस्त बनेको रानीपोखरी, धरहरा र काष्ठमण्डम आगामी तीन वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सरकारले कर्मचारीको तलव यथावत् राखेको छ । तर, भत्ता भने १ हजार रुपैयाँले बढाएको छ ।

यसअघि एक हजार रुपैयाँ रहेको महंगी भत्ता मासिक २ हजार रुपैयाा पुर्याइएको छ । त्यस्तै आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ । सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको पनि छ ।

खबर एक्सप्रेस