आज:  | Mon, 15, Aug, 2022

आजीवन जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई आम माफी

२०७५, १५ जेष्ठ मंगलवार १२:२२ मा प्रकाशित ( ४ साल अघि) १३९४२ पाठक संख्या

जेठ १५ ।
कर्तव्य ज्यान मुद्दामा आजीवन जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका छन् । अदालतमा रिहाई विरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला नै सरकारले ढुंगेललाई रिहा गरेको हो । उनलाई स्वागत गर्न सावित्रा ढुंगेल र छोरी विनिता ढुंगेल प्रसन्न मुद्रामा डिल्लीबजार कारागारमा पुगेका थिए ।
पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलले जेलबाट रिहा भए लगत्तै नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडा पुगेर अब नेपालमा डलरवादीहरुलाई लखेट्नु पर्ने बताएका छन् ।

‘नेपालबाट अब डलरवादीहरुलाई नलखेट्ने हो भने गणतन्त्र संस्थागत हुँदैन’, ‘म अदालतको विरोधी होइन तर अदालतमा बसेर पैसाको भरमा मेरो न्यायको बलात्कार गर्ने केहीको विरोध गरेको हुँ।’उनले भने ।
ढुंगेललाई पेरिसडाँडामा नेकपाका नेता देवेन्द्र पौडेलले स्वागत गरेका थिए । पेरिसडाँडामा पूर्व माओवादीका नेता तथा कार्यकर्ता भेला भई ढुंगेललाई स्वागत गरेका हुन्।
कर्तव्य ज्यान मुद्दाका दोषी पूर्व माओवादी नेता बालकृष्ण ढुंगेल आज बिहान ७ बजे डिल्लीबजार जेलबाट छुटेपछि पेरिसडाँडामा पुगेका थिए ।
डिल्ली बजारमा जेलमा उनलाइ स्वागत गर्न उनका समर्थक फूलमाला र अवीर लिएर पुगेका थिए। २०६१ सालमा ओखलढुंगाका उज्ज्नकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर भएका ढुंगेल लामो समय फरार अभियुक्तका रुपमा रहेका थिए ।

खबर एक्सप्रेस