आज:  | Sun, 14, Aug, 2022

चित्रकार कुशल बस्ताकोटीले अमेरिकामा आफ्नो चित्रकला पर्दशनी

२०७५, १४ जेष्ठ सोमबार १३:१७ मा प्रकाशित ( ४ साल अघि) १३३८० पाठक संख्या

जेठ १४ ।

भनिन्छ कला जहाँ गए पनि मर्दैन । यस्तै कुशल चित्रकार कुशल बस्ताकोटीले हालै अमेरिकामा आफ्नो चित्रकला पर्दशनी गरेका छन ।

हालसम्म ३५ बढी ठाउमा चित्रकला पर्दशनी गरेका बस्ताकोटीको उक्त चित्रकला पर्दशनी हेर्न ५०० बढी ब्याक्तिहरु आएका थिए । यति मात्र होइन केही समय देखि अमेरिका रहेकी चर्चित गायीका अन्जु पन्त समेत उक्त पर्दशनी हेर्न पुगेकी थिइन् । पर्दशनी युनाइटेड नेप्लिज एसोसिएसनको तेस्रो सम्बेलनमा भएको हो ।

चित्रकार बस्ताकोटीले नेपाली परिभेष , गाउ ,सहर तथा बिभीन्न ठाउ बिशेष पेन्टिङहरु राखेका थिए । पर्दशनीबाट आफुलाई निकै सकारात्मक प्रतिक्रिया आएको र त्यो प्रतिक्रियाले हौसला बढाएको भनाइ चित्रकार बस्ताकोटीको रहेको थियो ।

पोखरामा जन्मिएका उनि यतिबेला अमेरिकामानै बस्दै आइरहेका छन् जहाँ उनि अध्यान संगै चित्रकलामा समय बिताउने गर्छन । उनले चित्रकलाबाटनै बिभीन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अवार्डहरु पाइसकेका छन ।

खबर एक्सप्रेस