आज:  | Fri, 19, Aug, 2022

धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना बढाइयाे

२०७५, १४ जेष्ठ सोमबार १३:०७ मा प्रकाशित ( ४ साल अघि) १३३३९ पाठक संख्या

जेठ १४ ।
उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो ।

People travelling in a packed micro bus to reach their destination near the Old Bus Park, on Tuesday, December 15, 2015. The ongoing Tarai unrest and de facto blockade has compelled them to travel in an unsafe way. Photo: RSS

सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि एक हजार जरिवाना गर्न थालेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जेठ ४ गतेदेखि हालसम्म ६४९ माइक्रोबस तथा टेम्पोलाई कारवाही गरिएको जानकारी दिनुभएको छ ।

खबर एक्सप्रेस