आज:  | Mon, 15, Aug, 2022

साउदीले माग्याे एक लाख घरेलु कामदार

२०७५, १४ जेष्ठ सोमबार १२:५२ मा प्रकाशित ( ४ साल अघि) १४७४३ पाठक संख्या

जेठ १४ ।
साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भएपछि तत्कालै एकलाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको छ । अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ । रियादस्थित नेपाली दूतावासका ‘डेपुटी हेड’ आनन्द शर्माले साउदीले एक लाख घरेलु कामदार पठाउने प्रस्ताव गरेको बताउनु भयो ।उहाँले केही समयभित्रै सरकारले यस विषयमामा निर्णय लिने जानकारी दिनु भयो ।


साउदी अरबका श्रम र सामाजिक विकास मन्त्री डाक्टर अली अल घाफिससँग अघिल्लो साता भएको भेटवार्तापछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो । प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको र त्यो सुरुआती चरणमा रहेको शर्माले बताउनु भयो । शर्माले साउदीको प्रस्तावमा विशेषगरी घरेलु कामदारको विषयमा नेपाल सरकार सकरात्मक रहेको र नेपालबाट कुनै पनि देशमा घरेलु कामदार पठाउन अहिले रोकिएको छ र कामदार पठाउने नीति संशोधन गरिने बताउनु भयो ।

खबर एक्सप्रेस