आज:  | Thu, 01, Dec, 2022

दाङमा फैलिएको झाडापखाला नियन्त्रण बाहिर

२०७५, १४ जेष्ठ सोमबार १२:४८ मा प्रकाशित ( ४ साल अघि) ८६५७ पाठक संख्या

जेठ १४ ।
दाङको शान्तिनगरमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रण बाहिर गएको छ । पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल, चिराघाट एकली, कजेरी र हिरापुर गाउँमा शनिबारबाट झाडा पखालाको प्रकोप फैलिएको छ । स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दुषित भएकाले झाडा पखाला फैलिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले बताए ।

उनका अनुसार आइतबारसम्म एक हजार जना बिरामीको उपचार गरिएको छ । सोमबार बिहानैदेखि पनि बिरामीहरु उपचार गर्न आइरहेका छन् । झाडा पखाला फैलिएपछि स्थानीय स्कुल बन्द गरिएको छ । वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि नै बन्द छन् । राप्ती उपक्षेत्रीय अस्पताल घोराही, शान्तिनगर स्वास्थ्य चौकी र सेनाको टोलीले बिरामीको उपचार गर्दै आएका छन् ।

खबर एक्सप्रेस