आज:  | Wed, 30, Nov, 2022

बिदेशमा फिल्म छायांकन कथाको माग कि देखावटि

२०७५, १४ जेष्ठ सोमबार ०१:३७ मा प्रकाशित ( ४ साल अघि) १३३५२ पाठक संख्या

जेठ १४ ।

नेपाली फिल्मको स्तर दिनप्रतिदिन बढ्दो छ यो त सबैको लागी खुसिको कुरा नै हो । अझ नेपाली फिल्ममा बिदेशि लोकेशन पनि देखिन्छ जसले नेपाली फिल्म का दर्शकले पनि नयाँ स्वाद पाउछन् । पहिले पहिले बिदेशमा फिल्म छायांकन गर्नु महाभारत जस्तै हुन्थ्यो , फाट्टफूट्ट छायांकन गरियो भने त्यो नै ठूलो कुरा हो । तर आजको समय बदलिएको छ निर्माता लाखौ खर्च गरेर बिदेशी भुमिमा छायांकन गर्न तम्सिरहेका छन् । नेपालमा ५ लाखमा बन्ने गीत बिदेशि भुमिमा पुगे पछि त्यसको बजेट तिन गुणा पक्कै बढ्छ । आखिर निर्माता निर्देशक बिदेशि भुमिमा किन गीत छायांकन गर्न यतिधेरै लालायीत छन् ?

पछिल्लो समय केहि सिनेमा बने जसको कथाले बिदेशि भुमि माग्छ , कथानै त्यस्तो भए गीत छायांकन गर्नु ठूलो कुरै भएन । जस्तै चलचित्र प्रेमगीत २ को कथाले नेपाल , थाइल्याण्ड र म्यानमार को लोकेशन माग्यो त्यहि ठाउमा पुगेर छायांकन गरियो कथा सुहाउदो नै भयो । तर अरु फिल्ममा भने एउटा गीतकै लागी भए पनि बिदेशमा गएर छायांकन गर्न खोजिन्छ  ।  एउटा फिल्म यूनिटले बिदेशमा फिल्म तथा फिल्मको गीत छायांंकन गरेर आयो भने अरु फिल्म मेकर पनि त्यसैको पछि दौडिहाल्छन् ।

बिदेशमा छायांकन गरेका गीत ले फिल्मको स्टान्डर्ड बढ्छ भनेर त्यस्तो गरिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । हुन पनि हो बिदेशमा पुगे पछि बजेट बढ्छ , नदेखिएका लोकेशन देखिन्छन्   , आफ्नो आँखाले कहिल्यै नदेखेका दृष्यहरु पर्दामा हेर्न सकिन्छ । ।तर गीत राम्रो भयो भने यूटुवमा हिट हुन्छ तर फिल्म हलमा हिट हुन त एउटा गीत मात्र राम्रो भएर पनि हुदैन । फिल्म हिट हुन पुरै फिल्म राम्रो हुनु आवश्यक छ ।

बिदेशमा पुगेर छायांकन गरे पछि फिल्म सुपरहिट भैहाल्छ भन्ने निर्माता निर्देशकलाइ पछिल्लो समयका केहि सिनेमाले पाठ पढाइसकेको छ । पछिल्लो समयमा प्रेमगीत २ , कृ , लिलिबिलि , हेप्पी न्यू इयर , सुनकेसरी , ड्रिमगर्ल , काइरा , चिमुसि चि , हेप्पी डेज जस्ता चलचित्र बिभिन्न देशमा छायांकन भएका छन् ।

खबर एक्सप्रेस