आज:  | Thu, 11, Aug, 2022

नेपालगन्ज गोल्डकप २१ जेठमा

२०७५, १४ जेष्ठ सोमबार ००:४१ मा प्रकाशित ( ४ साल अघि) १००७७ पाठक संख्या

जेठ १४ । बाँकेमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता ‘नेपालगन्ज गोल्डकप’को तेस्रो संस्करण आगामी २१ जेठदेखि सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको चौरमा सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका ३ विभागीय टिम र एक भारतिय सहित ९ टिमको सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५१ हजार नगद हात पार्नेछ । नक आउट विधिमा खेलाइने प्रतियोगिता जेठ २१–२८ सम्म सञ्चालन हुनेछ ।

खबर एक्सप्रेस