आज:  | Mon, 15, Aug, 2022

इजिप्टमा यूट्यूबलाई प्रतिबन्ध

२०७५, १४ जेष्ठ सोमबार ००:३८ मा प्रकाशित ( ४ साल अघि) १५०८७ पाठक संख्या

जेठ १४ ।
इजिप्टमा एक महिनाको लागि यूट्यूबलाई प्रतिबन्ध लगाइएको छ । त्यहाँको उच्च अदालतले यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ ।

इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा युटुब माथि प्रतिबन्ध लगाइएको हो । अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ । यूट्यूबविरुद्ध इजिप्ट र अन्य इस्लामिक राष्ट्रहरूमा अमेरिकाविरोधी तरङ्ग सिर्जना गरेको आरोप लगाउदै मुद्धा दर्ता भएको थियो ।

खबर एक्सप्रेस