आज:  | Wed, 30, Nov, 2022

यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर मृत्यु

२०७५, १४ जेष्ठ सोमबार ००:३६ मा प्रकाशित ( ४ साल अघि) ८८५० पाठक संख्या

जेठ १४ ।
डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर मृत्यु भएको छ। लेक लागेर गम्भीर बिरामी भएका एक जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडी, जाजरकोट नलगाड नगरपालिका ८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनारा र काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर रानाको लेक लागेर हिजो मृत्यु भएको हो ।

यार्सागुम्बा संकलनका लागि डोल्पाको ठूलीभेरी नगरपालिका १० मा पर्ने ग्यालवारा पाटन पुगेका पहाडी लेक लागेर विरामी भई दुनैतर्फ ल्याउदै गर्दा माझवनमा मृत्यु भएको हो। डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पुगेका जाजरकोटका चनारा लेक लागेर विरामी भएपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गरेको बेला हिजो राति डोल्पोबुद्ध गाउँपालिका २ मा पर्ने तोलतोल भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

खबर एक्सप्रेस