आज:  | Sat, 23, Mar, 2024

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको १०२ गोल

२०७५, १७ बैशाख सोमबार ०१:५२ मा प्रकाशित ( ५ साल अघि) ३४५०५ पाठक संख्या

काठमाडौँः यो सिजनको च्याम्पियन म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा सय गोल कटाएको छ । गएराति भएको खेलमा सिटीले वेस्टह्यामलाई ४–१ ले पराजित गरेसँगै प्रिमियर लिगमा गोलसंख्या १०२ पुर्याएको हो ।

योसँगै चेल्सीले सन् २००९ को सिजनमा गरेको प्रिमियर लिगको सर्वाधिक १०२ गोलसंख्यामा पनि सिटीले बराबरी गरेको छ । यसअघि नै उपाधि पक्का गरिसकेको सिटीले तीन खेल खेल्न बाँकी रहेको अवस्थामा यो गोलसंख्या अझै बढेर नयाँ कीर्तिमान बन्ने अवस्था छ।

सिटीलाई जिताउने क्रममा १३ औँ मिनेटमा ल्यारे सानेले गोलको खाता खोले । त्यसपछि २७ औँ मिनेटमा केभिन डे ब्रुनेले हानेको बल सिटीको पूर्वखेलाडी तथा वेस्ट ह्यामका डिफेन्डर पाब्लो जाबालेटासँग ठोक्किँदै गोलमा परिणत भयो ।

दोस्रो हाफमा सिटीले २ गोल गर्यो । उसका लागि ५३ औँ मिनेटमा ग्याब्रियल जेसुस र ६४ औँ मिनेटमा फर्नान्डिन्होले गोल गर्दै अग्रता फराकिलो बनाए ।

वेस्ट ह्यामका लागि ४२ औँ मिनेटमा क्रेसवेलले सान्तवना गोल गरे । सिटीले यसअघि नै प्रिमियर लिग पक्का गरिसकेको छ भने वेस्टह्याममाथि रेलिगेशन खतरा बढेको छ।

खबर एक्सप्रेस