आज:  | Sat, 20, Aug, 2022

आईपीएल : दिल्लीको प्रभावशाली जित, नयाँ कप्तान बने नायक

२०७५, १५ बैशाख शनिबार ०२:४५ मा प्रकाशित ( ४ साल अघि) २७४६१ पाठक संख्या

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) मा कमजोर प्रदर्शन गरिरहेको दिल्ली डेयरडेभिल्सले कप्तान परिवर्तन गरेपछिको पहिलो खेलमा शानदार जित निकालेको छ । शुक्रबार रातिको खेलमा कोलकत्ता नाइट राइडरसलाई ५५ रनले हराउँदै दिल्ली यस सिजनमा दोस्रो जित दर्ता गर्न सफल भयो ।

दिल्लीले घरेलु मैदानमा फेरोज शाह कोटला मैदानमा  भएको खेलमा कोलकत्ताले टु जितेर बलिङ रोजेको थियो । टस हारी ब्याटिङको निम्ता पाएको दिल्लीले नयाँ कप्तान आक्रमक ब्याटिङको मद्दतमा २० ओभरमा २१९ रन बनायो । २२० रनको बिशाल लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो ।

दिल्लीका नयाँ कप्तान श्रेयस अय्यर ४० बलमा  ९३ रन बनाए । १० छक्का र ३ चौका प्रहार गरेका  अय्यरले अन्तिम ओरभमा मात्रै ४ छक्का र १ चौकासहित २९ रन जोडेका थिए । कप्तान अय्यरको अलवा दिल्लीका लागि पृथ्वी शाहले ६२, कोलिन मन्रोले ३३ र ग्लेन म्याक्सवेलले २७ रनको योगदान दिए ।  २१९ स्कोर आईपीएलको यस सिजनको सबैभन्दा उच्च स्कोर हो ।

कोलकत्ता का लागि आन्द्रे रसेल, पियुस चावला र शिभम मावीले १–१ विकेट लिए ।

ब्याटिङतर्फ कोकत्ताका आन्द्र रसेलले सर्वाधिक ४४ रनको योगदान दिए । शुभमान गिलले ३७, सुनील नारिनले २६ र कप्तान दिनेश कार्तिकले १८ रनको योगदान गरे ।

ब्याटिङमा मात्रै नभएर शुक्रबारको खेलमा दिल्लीका बलरले पनि उत्कृष्ट प्रदर्शन गरे । ट्रन्ट बोल्ट, आभेष खान, अमित मिश्र, म्याक्सवेल चारै जनाले समान २–२ विकेट लिँदै कोलकत्ताको ब्याटिङ लाइन धरासायी बनाए । अर्का बलर लियम प्लुंकेटले विकेट नलिए पनि किफायती बलिङ गर्दै ४ ओभरमा जम्मा २४ रन मात्रै दिए ।

यस सिजन लगातार खराब प्रदर्शनका कारण कप्तानी छोडेका गौतम गम्भीरपछि दिल्लीको  कप्तानीको जिम्मेवारी अब २३ वर्षीय श्रेयस अय्यरमाथि सुम्पिएको छ।

नेपालका सन्दीप लामिछाने शुक्रबारको खेलमा पनि टोलीमा समेटिएनन् । कप्तानीको जिम्मेवारी त्यागेका गौतम गाम्भीर पनि टोलीमा समावेश थिएनन् ।

जितपछि अंक तालिकाको पुच्छारमा रहेको दिल्ली एक स्थान माथि उक्लिएको छ । यस सिजनमा एक मात्र जित निकालेको मुम्बई इन्डियन पुच्छारमा रहेको छ ।

खबर एक्सप्रेस