आज:  | Thu, 28, Mar, 2024

डेडपुल २: एक्सन र जोक्सले भरिपूर्ण

२०७४, ९ चैत्र शुक्रबार ११:५० मा प्रकाशित ( ६ साल अघि) ३४०५७ पाठक संख्या

सन् २०१६ को‌ सफल चलचित्र ‘डेडपुल’ पछी सन् २०१८ मा यस चलचित्रको सिक्वेल ‘डेडपुल २’ आएको छ। पछिल्लो चलचित्रले झण्डै ७५० अर्ब रुपैयाँ कमाइ गरेर निकै सफल चलचित्र रहेको हुँदा अडियन्सले अहिले पनि त्यस्तै अपेक्षा गरेका छन्।

‘डेडपुल २’ को ट्रेलर विहिवार सार्वजनिक भएको हो र रिलिज भएको एक दिन नपुग्दै यस चलचित्रले पुरै सिनेमा नगरी तत्ताइसकेको छ। 20th Century Fox ले वितरण गर्ने यस सुपरहिरो चलचित्र David Leitch ले निर्देशन गरेका हुन्। Rhett Reese, Paul Wernick र Ryan Reynolds लिखित यस चलचित्रमा Ryan Reynolds, Josh Brolin, Morena Baccarin, Julian Dennison, Zazie Beetz, T.J. Miller, Brianna Hildebrand, Jack Kesy र Stefan Kapicic मुख्य भुमिकामा अभिनित छन्। चलचित्र Simon Kinberg, Ryan Reynolds र Lauren Shuler Donner ले बनाएका हुन्। चलचित्र मे १८ गते रिलिज हुँदैछ।

खबर एक्सप्रेस