आज:  | Sun, 24, Mar, 2024

तिमी सँग टाइटल गीत

२०७४, ७ चैत्र बुधबार १२:५१ मा प्रकाशित ( ६ साल अघि) ३३४१७ पाठक संख्या

चैत्र ०७ | प्रनिश खड्गी

काठमाडौं। साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित आगामी चलचित्र ‘तिमी सँग’ को टाइटल गीत बुधवार सार्वजनिक भएको छ। ‘तिमी सँग’ बोल रहेको यस गीतमा माधुरी भट्टचार्य र राहुल मुखर्जीको स्वर रहेको छ।

अन्नपूर्ण बेस क्याम्पमा छायांकन गरिएको यस रोमान्टिक गीतमा लेखु सहयात्रीको शब्द र राहुल मुखर्जीको सँगीत रहेको छ। ४ मिनेट ४८ सेकेण्ड लामो गीतमा अभिनेत आकाश श्रेष्ठ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित छन्।

शिशिर राणाको निर्देशनमा बन्ने यस साँगीतिक प्रेम कथामा साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत नाजिर हुसेन र आकाश श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन्। चलचित्र काठमाडौं लगायत पोखरा, घोरेपानी, घान्द्रुक, पुनहिल, देउराली, अन्नपूर्ण बेस क्याम्प जस्ता रोमान्टिक लोभलाग्दो प्राकृतिक दृश्य भएका पर्यटकीय स्थानहरुमा छायांकन गरिएको छ।

चलचित्र ‘म त तिम्रै हु’ बाट डेब्यु गरेका अभिनेता आकाश श्रेष्ठको यो दोश्रो चलचित्र हो भने निर्देशक शिशिर राणाले यो चलचित्रबाट निर्देशकीय डेब्यु गरेका छन्। नाजिर हुसेनको लुक, बोली र अभिनयका फ्यानहरु यस चलचित्रमा पनि हुसेनको सोही कला देख्नुहुनेछ।

शिशिर राणाले निर्माण गरेको यस चलचित्रमा शुशिल क्षेत्रीको छायांकन र बनिश बिक्रम शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ भने कथा निर्देशक शिशिर राणाको आफ्नै रहेको छ।

खबर एक्सप्रेस