आज:  | Sat, 23, Mar, 2024

बाघी २ गीत ‘एक दो तीन’: ज्याकलिन फर्नान्डेज हट लुकमा

२०७४, ५ चैत्र सोमबार ०७:१५ मा प्रकाशित ( ६ साल अघि) ३५२९१ पाठक संख्या

चैत्र ५, २०७४ | प्रनिश खड्गी

टाइगर श्रोँफ – दिशा पटानीको चलचित्र ‘बाघी २’ को बहुप्रतिक्षित गीत, ‘एक दो तीन‘ सार्वजनिक भएको छ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज अभिनित यस गीत, अभिनेत्री माधुरी दीक्षितको पहिलेको एभर ग्रीन गीतलाई रिमिक्स गरिएको हो।

मोहनी (माधुरी दीक्षित) को यस गीत सन् १९९८ को तेजाब चलचित्रको थियो र यस गीतले अहिले पनि बलिउड तताइरहेको छ। पहिले सरोज खानले कोरियोग्राफ गरेको यस गीत, अहिले भने गणेश आचार्यले गरेका छन् – जो पहिले तेजाबको गीतमा ब्याकग्राउण्ड डान्सर थिए। यस चलचित्रको निर्देशक अहमद खान तोजाब (१९९८) को समयमा सरोज खान को सहायक थिए।

सँगीत सन्दिप शिरोडकरले रिक्रियट गरेका छन् भने प्यारी जी ले नयाँ गीतमा र्याप हानेका छन्। श्रेया घोषालको स्वरले यस नयाँ गीतमा अल्का यगनीकको कमि महसुस हुने छैन। दुई मिनेट भन्दा कम यस नयाँ गीतमा ज्याकलिनले आफ्नो सक्दो दिएकी छिन् र दमदार नृत्य, सेक्सी र हट लुकले मन लोभ्याउनेछ।

गीत हेर्नुस:

बाघी २ एक एक्सन चलचित्र हो जस्मा टाइगर श्रोँफ र दिशा पटानी मुख्य भुमिकामा रहेका छन्। नडियदवाला ग्राण्डसन इन्टरटेन्मेन्टले उत्पादन गरेको र फक्स स्टार स्टुडियोजले प्रस्तुत गर्न लागेको चलचित्र मार्च ३०, २०१८ मा रिलिज हुनेछ। हिरोपन्ती र बाघीको सफलता पछि एह्मद खान निर्देशित यस चलचित्र साजिद नडियादवाला र टाइगर श्रोँफको तेस्रो चलचित्र हो।

खबर एक्सप्रेस