आज:  | Mon, 15, Apr, 2024

रोमा च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

२०७४, ३० फाल्गुन बुधबार ११:२५ मा प्रकाशित ( ६ साल अघि) ३५१६१ पाठक संख्या

काठमाडौँः इलालियन क्लब एएस रोमा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । च्याम्यिन्स लिगको अन्तिम १६ को खेलमा म्यानचेस्टर सिटीका पूर्व खेलाडी एडिन जेकोले गरेको एक मात्र अवे गोलले रोमाले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

गएराति भएको खेलमा युक्रेनको शख्तर डोनेस्कलाई पराजित गर्दै इटालीको एएस रोमाले पनि च्याम्पियन्स लिगको क्वाटर फाइनलको टिकट काटेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा रोमालाई अन्तिम आठमा लैजान एडिन जेकोले निर्णायक गोल गरेका हुन् । पहिलो लेगमा २(१ ले पराजित रोमा दोस्रो लेगमा १(० को जित निकाल्दै समग्रमा २–२ गोलको बराबरीसहित अघि बढेको हो ।

रोमालाई शख्तरको मैदानमा गरेको अवे गोल क्वाटरफाईनलमा पुर्यााउन निर्णायक भयो । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार राति दुई खेल हुँदैछन् । स्पेनिस महारथि बार्सिलोना र इङ्ल्यान्डको चेल्सीबीच प्रतिस्पमर्धा हुँदैछ । त्यसैगरी टर्कीको बेसिक्तास र जर्मनीको बायर्न म्युनिख पनि आजै आमनेसामने हुँदैछन् ।

खबर एक्सप्रेस