आज:  | Fri, 19, Aug, 2022

हवाई दुर्घटना छानबिनका लागि सरकारले यसरी बनायो

२०७४, २९ फाल्गुन मंगलवार ०४:३१ मा प्रकाशित ( ४ साल अघि) २६९८१ पाठक संख्या

काठमाडौं, २८ फागुन । मन्त्रिपरिषद् बैठकले सोमबार भएको युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ६ सदस्यीय आयोग गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा जाचँबुझ आयोग गठन गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको बैठकले छानविन आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा प्रमुख सेनानी डा. राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरिएको बताइएको छ ।

खबर एक्सप्रेस