आज:  | Fri, 19, Apr, 2024

प्रताप दासको नयाँ गीत रिलिज – तिम्रो स्वर | चलचित्र अनुराग

२०७४, २८ फाल्गुन सोमबार ११:४० मा प्रकाशित ( ६ साल अघि) ३३०२३ पाठक संख्या

फाल्गुन २८, काठमाडौं। कम समयमै चर्चाको शिखरमा पुगेका नेपाल आईडल फाइनालिस्ट प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। ‘तिम्रो स्वर’ बोल रहेको यस गीत चलचित्र अनुरागको दोस्रो गीत हो।

‘कान्छा दाई’ बोलको क्लब गीतको भिडियो सार्वजनिक गरेपछि यस चलचित्रको अर्को गीत ‘तिम्रो स्वर’ को भिडियो सार्वजनिक गरिएको हो। तर हाल भने गीतको भिडियो लिरिकल मात्र रहेको छ र अफिसियल भिडियोको लागि केही समय कुर्न पर्नछ। सरोज पोखरेलको संगीत र सत्यराजको शब्द रहेको यस गीतको लिरिकल भिडियो टेकेन्द्र शाहले बनाएका हुन्।

चर्चित नेपाल पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमद्वारा निर्मित नयाँ चलचित्र ‘अनुराग’ को छायांकन राम कुमार केसीले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्। सत्यराज चौलागाईंद्वारा निर्देशीत चलचित्र भरत गौतम र गीता भेटवालको लगानी रहेको छ। एरिका फिल्मस् प्रडक्सनको ब्यानरमा निर्माण भएको ‘अनुराग’ जेष्ठ ११ गते प्रदर्शनीमा आउने भनिएको छ।

खबर एक्सप्रेस