आज:  | Fri, 19, Aug, 2022

अन्तिम शुक्रबार प्रदर्शनमा आएका ५ चलचित्र यस्तो रहे

२०७४, २८ फाल्गुन सोमबार ०८:४६ मा प्रकाशित ( ४ साल अघि) २९०३६ पाठक संख्या

फागुन २५/ मार्च २ को प्रदर्शन मिति राखेका हलिउड, बलिउड र कलिउड ५ चलचित्रहरुले बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेनन् । चलचित्रहरु भिन्न प्रकारका भएता पनि दर्सकले पैसा असुल नभएको बताउछन् ।

हलिउड, बलिउड, कलिउड सबै किसिमको चलचित्र गत शुक्रबार प्रदर्शनमा आएको थियो। छुट्टै स्वादमा बनेका चलचित्र भएता पनि दर्सकको चित्त बुज्ने भने कुनै बनेन। के चलचित्र क्षेत्र कमजोर भएको हो त ? कुन बिधा कमजोरी भएको हो ? हुर्रे, गजाबाजा, मंगलम, रेड स्प्यरो, परि चलचित्रले गत शुक्रबार बाट असफलता पाएका हुन् ।

पशुपतिको परिवेशलाइ समेटेर बनेको चलचित्र ‘हुर्रे’ ले दर्शकले सोचे जस्तो ब्यापार गर्न सकेन । अनुप बिक्रम शही, केकि अधिकारी र सङिता नापित मुख्य भुमिकामा हरेको चलचित्रका निर्देशक यम थापा र निर्माता दावा शेर्पा हुन् ।
यस चलचित्रको ‘ठेकिमा दहि’ बोलको गीतले युट्युवमा २ लाख २० हजार भिउज कमौनका सथै निकै चर्चा बटुलेता पनि चलचित्रले बक्स अपिसमा लगानी असुल गर्न सकेन ।

आवारा केटाहरुको कथालाई लिएर निर्माण गरेको चलचित्र ‘गाजाबाजा’मा अनुप शर्मा, सुशील सिटौला,बर्षा सिवाकोटी र रबिन थापाको मुख्य भुमिका हरेको छ । गनेश मान पान्डेको निर्देशन र कथामा बनेको चलचित्रको निर्माता गोमा बिस्ट र दिपेन्द्र रेग्मी हुन् । स्वो चलचित्र पनि असफल भएको छ ।

प्रेम कथामा आधारित चलचित्र ‘मंगलम’ पनि झुर भनेको बटाउछन दर्शक । छबिराज ओझा र सिल्पा पोख्रेलको स्वो चलचित्रका मुख्य पात्रमा सिल्पा पोख्रेल, पुस्पा खड्का, सम्राग्य राज्य लक्ष्मी शाहलाइ देख्न पाइन्छ । नवल रावलको निर्देशन र कथा, दीपेन्द्र शाक्यको निर्माणमा बनेको चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीतले युट्युवमा १० लाख बढी भिउज बटुल्नका साथै देश ब्यापी चर्चा कमाएको छ ।

त्यसै गरि बलिउडको ‘परि’ र हलिउडको ‘रेड स्प्यरो’ले पनि असफलता हात परेको छ । अनुश्का शर्माको लगानिमा बनेको चलचित्र ‘परि’ मा अनुश्का, परम्ब्रता चट्टेर्जी मुख्य भुमिकामा छन् । अलौकिक त्रस आधारित चलचित्रलाई प्रोशित रोएले निर्देशन गरेकाथिए भने ‘क्लिन स्लेट फिल्म्स’ले प्रस्तुत गरेको छ । हलिउड चलचित्र ‘रेड स्प्यरो’ पनि दर्शकले रुचाएनन । पिटर चर्निनको लगानिमा बनेको चलचित्रमा फ्रान्सिज लरेन्सको निर्देशन रहेको छ । हलिउड प्रख्यात अभिनेत्री जेनिफर लरेन्स मुख्य भुमिका रहेकिछिन भने जोएल, माल्थिएस साहाएक पात्रमा छन् ।

अत यसैगरि चलचित्रहरु बन्ने हो भने सिनेमा जगत खत्रामा पर्ने देखिन्छ । हाल समयमा १० प्रतिशात चलचित्रले मात्र लगानी उठाउने गर्छन् ।

खबर एक्सप्रेस