आज:  | Sat, 23, Mar, 2024

बालक देखि बृधको लागि चलचित्र “शत्रु गते”

२०७४, २७ फाल्गुन आईतवार ०५:४८ मा प्रकाशित ( ६ साल अघि) ३५८९५ पाठक संख्या

प्रर्दशनमा आउनु पूर्व नै चर्चा कमाएको बहुप्रतिक्षित नेपाली फिल्म ‘शत्रु गते’ को टोली प्रचारप्रसारको लागि मोफसल यात्रामा निस्किएको छन् ।

हेटौँडा, चितवन, बुटवल हुदै पोखरा आइपुगेको टोलीमा हरिवंश आचार्य, किरण केसी, दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा, दीपक अधिकारी लगायतका कलाकारहरु छन् ।

प्रचारप्रसारको क्रममा दीपाश्री निरौलाले भनिन्, “फिल्ममा प्रायः सबै उमेर समूहका कलाकारहरूको सम्मिश्रण छन । त्यसैले यो फिल्म नारायणगढ सहित देशैभर ब्लास्ट हुनेछ ।”

फिल्म हेर्न दर्शकलाई हलसम्म तान्ने उपाय निकाल्दै उनीहरू देश दौडाहा गर्दै चितवन पुगेका हुन् । फिल्ममा तीनपुस्ताका कलाकारहरूको जमघट रहेकोले तीनैपुस्ताका दर्शकका लागि फिल्म तयार गरिएको फिल्म निर्माता तथा कलाकार किरण केसीले बताएका छन् ।

खबर एक्सप्रेस