आज:  | Fri, 19, Aug, 2022

सुनचाँदीको मूल्य बढ्यो !

२०७४, २७ फाल्गुन आईतवार ०५:२६ मा प्रकाशित ( ४ साल अघि) २५५०३ पाठक संख्या

शुक्रबार मात्रै तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ । आज फेरि सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार सात सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ प्रतितोला सात सय ५० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

खबर एक्सप्रेस