आज:  | Sat, 20, Aug, 2022

आशिर्मान जोशिको ‘द ब्रेक अप’ चलचित्र निर्माणको घोषण हेर्नुस् को हुन नायिका

२०७४, २७ फाल्गुन आईतवार ०५:२५ मा प्रकाशित ( ४ साल अघि) २८७२० पाठक संख्या

काठमाडौंमा शुक्रवार अफिसियल रुपमा चलचित्र ‘द ब्रेक अप’ को निर्माण हुने पक्का भएको छ । चलचित्रको निर्देशक हेमराज बिसि हुनेछन् भने निर्माता भने रोहित अधिकारी रहेका छ्न ।यस चलचित्र को सुटिङ आज पोखरा बाट सुरु हुनेछ ।

ग्याङस्टर ब्लुजबाट डेव्यु गरेका आशिरमान देशराज जोशी मुख्य भूमिका देखिने भएका छन् । रोमान्टिक कमेडी प्रेमकथामा बन्न लागेको चलचित्रमा आशिरको जोडीको रूपमा नायिका शिल्पा मास्के देखिने भएकी छिन् । त्यस्तै चलचित्रमा सलोन बस्नेत, रेमनदास श्रेष्ठ,सरोज खनाल, नव-कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहने छ ।

चलचित्रको पोखरा बाट सुरु भइ अस्ट्रेलिया सम्म पुग्ने चलचित्रका निर्देशक हेमराज बिसिले जनएका छन ।’द ब्रेक अप’ नयाँ भदौ १५ मा प्रदर्सनमा आउने छ् ।

खबर एक्सप्रेस