आज:  | Wed, 24, Apr, 2024

सान्नानीलाई भेट्न आउँदा: चलचित्र ‘भैरे’ को गीत सार्वजनिक

२०७४, २५ फाल्गुन शुक्रबार १४:३४ मा प्रकाशित ( ६ साल अघि) ३४७२३ पाठक संख्या

आगामी चलचित्र ‘भैरे’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘सान्नानीलाई भेट्न आउँदा’ बोल रहेको यस गीतमा यम बराल, वसन्त सापकोटा र मेलिना राईको सुमधुर स्वर रहेको छ।

तालको किनारमा समुन्द्रको बीच् (beach) झै बालुवा माथि पुरूषोत्तम प्रधानले छायांकन गरेका छन्। यस गीतमा प्रशस्त मात्रामा नेपालीपन देखिन सकिन्छ। नेपाली भाकाको यस गीतको भिडियो पञ्चेबाजाबाट सुरु हुन्छ। भिडियोमा अभिनित सबैले नेपाली सँस्कृति झल्किने वस्त्र लगाएका छन्। नेपाली बाजाहरुले मिठास दिएको यो गीत जो कोईले पनि एक पटक सुन्दैमा मन पर्नेछ।

वसन्त सापकोटाको संगीत रहेको यस गीतमा शब्द पनि उनको आफ्नै रहेको छ। गीत अनुसारको कलाकारहरु गरेका रमाईलो नृत्यको श्रेय भने कबिराज गहतराजलाई जान्छ। बनिष शाहको सम्पादन रहेको चलचित्र ‘भैरे’ को निर्देशक एभरेष्ट सूर्य बोहरा रहेको छ भने लेखन पनि एभरेष्ट सूर्य बोहरा कै रहेको छ। ‘भैरे’ मा वर्षा शिवाकोटी, बुद्धि तामाङ तथा विक्रन्त बस्नेतलगायतका कलाकारहरु अभिनित छन्। चलचित्र जेठ १८ गते प्रदर्शनमा आउने छ।

खबर एक्सप्रेस