आज:  | Fri, 19, Aug, 2022

नेपाल र अफगानिस्तान आइसिसी बिश्वका छनोटका लागि कैले खेल्दैछन

२०७४, २५ फाल्गुन शुक्रबार ११:३७ मा प्रकाशित ( ४ साल अघि) २४६७० पाठक संख्या

नेपालले जिम्वाबेमा चलिरहेको आइसिसी बोश्व कप छनोटका लागि  चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तान सङ खेल्नेछ ।

जिम्वबेमा जारी उक्त प्रतियोगितामा बुलवायोस्थित अथ्लेन्टिक क्लबमा सनिवार(भोलि),नेपाली समय अनुसार १:१५ बजे अफगानिस्तान सङ्ग नेपालले समना गर्नेछ ।हाल सम्म नेपाल र अफगानिस्तान बिच ७ पटक खेल भैसकेको छ ७ खेल मध्य नेपालले १ पटक मात्र बिजय गरेको छ। नेपालले लगातार २ खेल हरेको छ । सुपर सिक्समा आफ्नो स्थान सुरक्षीत रख्ना लागि नेपाललाई यो खेल जित्न पर्ने दबाब छ।

टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ । नेपालले अफगानिस्तानसँगै हङ्कङसँग खेल्न बाँकी छ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भई विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् ।

खबर एक्सप्रेस