आज:  | Fri, 19, Aug, 2022

नेपालले झार्यो अर्को विकेट

२०७४, २० फाल्गुन आईतवार ११:०५ मा प्रकाशित ( ४ साल अघि) २४६८६ पाठक संख्या

आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग खेलिरहेको छ ।

४८.४ ओभरको समाप्तिमा जिम्बावेले ५ विकेटको क्षतिमा ३७३ रन बनाएको छ ।

भर्खरै, सोम्पाल कामीको बलिंगमा सकिन्दर राजा आउट भएका छन् ।

कुनै पनि फर्म्याटको क्रिकेटमा नेपालले जिम्बावेसँग खेल्न लागेको यो पहिलो पटक हो । अनुभवी खेलाडीहरुको बाहुल्य रहेको टेष्ट मान्यताप्राप्त टोली जिम्बावे नेपाली टोलीका लागि कठिन चुनौति हो ।

जिम्बावेको टोलीमा लामो समयदेखि खेलिरहेका ब्रेण्डन टेलर, ह्यामिल्टन मासाकाद्जा, सिकन्दर राजा, ग्रेम क्रिमरजस्ता खेलाडी छन् । यता नेपाली टोलीमा युवा खेलाडीको बाहुल्य छ । हालै सम्पन्न डिभिजन टू मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली उच्च लयमा छ ।

जिम्बावेलाई घरेलु मैदानको साथ हुनेछ भने पहिलो खेलको प्रदर्शनले समग्र प्रतियोगितामै असर पर्ने भएकाले जिम्बावेविरुद्ध उत्रँदा नेपाली टोली सजग बन्नुपर्ने देखिन्छ ।

नेपाली टोलीका कप्तान पारस खड्काले ठूला टोलीलाई प्रभावित पार्ने गरी प्रदर्शन गर्ने बताएका छन् । आईसीसीसँग कुरा गर्दै उनले भनेका छन् कि, ‘हामी यो स्तरमा पुग्दा निक्कै उत्साहित छौं, डिभिजन टू पनि हाम्रा लागि कठिन थियो त्यसलाई छिचोलेर हामी यहाँ आएका छौं र त्यो भन्दा अझै राम्रो क्रिकेट खेल्ने लक्ष्यमा छौं ।’

‘ठूला टिमहरुसँग खेल्दा प्रेसर त अवश्य पनि बढी भइहाल्छ, तर, जस्तोसुकै टिमँग पनि कम्पिट गर्न सक्छौं भन्ने विश्वास हामीसँग छ’, कप्तान पारसले खेलअघि भने ।

नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । क्रिकेटर खकुरेलले पनि सुपर सिक्समा पुग्दा नेपालले अर्को चार वर्षका लागि एकदिवशीय मान्यता पाउने र स्तरोन्नतिका लागि त्यसले अहम भूमिका खेल्ने धारणा राख्छन् ।

समूह बीमा रहेको नेपालले अन्य खेलहरु फागुन २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर एक्सप्रेस