आज:  | Sat, 20, Aug, 2022

अत्यधिक चिसोको कारणले ६० भन्दा  बढी मानिसको ज्यान गएको छ।

२०७४, १९ फाल्गुन शनिबार ०४:१० मा प्रकाशित ( ४ साल अघि) २५०८३ पाठक संख्या

युरोपमा अत्यधिक तापक्रम घटेको हुनाले चौतर्फी हिउँ जम्नुका साथै ६० जनाभन्दा बढी मानिसको ज्यान गएको छ।

पोल्यान्डमा मात्र कम्तिमा २३ जनाको ज्यान गएको छ।त्यहाको तापक्रम माइनस १५ डिग्री सेन्टिमिटर भन्दा तल झरेको छ।यस्तै स्लोभाकिया, चेक रिपब्लिक लिथुवानिया, फ्रान्स, इटाली, रोमानिया, सर्भिया र ल्लोभेनिया, नर्वे, नेदरल्याण्ड, स्वीडेनलगायतका देशका नागरिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।

जाडो बाट बच्नका लागि धेरैले जाड,रक्सी खाएर सुत्ने गरेका छन जुनचाहि ज्यान जानको मुख्या कारण रहेको छ।
अत धेरै देशमा बिद्यालय,अपिस,यातायात तथा उडान हिमपातको कारण भएको बिबिसिले जनाएको छ।आयरल्यान्डमा भने विद्युत अबरुद्ध हुदा त्यहाका हजारौं परिवार अन्धकारमा बस्न बाध्य भएकाछन। स्टकल्याड, आयररुलयाण्ड र बेलायतमा ९० सेन्टिमिटरसम्म हिउँ जमेको छ ।

खराब मौसम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ । साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित बनाएको हो । केही क्षेत्रको मौसम सुधार हुन थाले पनि अझै केही दिन चिसो रहने अनुमान गरिएको छ ।

खबर एक्सप्रेस