आज:  | Fri, 19, Aug, 2022

५०० करोड लगानीमा बन्ने भयो अल्लु अर्जुन र रामचरण अभिनित रामायण

२०७४, १८ फाल्गुन शुक्रबार १६:२० मा प्रकाशित ( ४ साल अघि) २४५६२ पाठक संख्या

भगवान रामको जीवनकथामा आधारित हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ तथा पौराणिक कथा ‘रामायण’ मा आधारित फिल्म बन्ने भएको छ ।

‘थ्री डी’ प्रविधिको प्रयोग गरेर बनाइने यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा बनाइने भएको हो । यो फिल्मको निर्माण नामित मल्होत्रा, अल्लू अरविन्द र मधु मन्तेनाले गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म तीन सिरिज र तीन फरक भाषामा बन्न लागेको हो ।

‘यो फिल्म ५ सय करोड भारतीय रुपैयाँ लगानीमा निर्माण हुनेछ’, फिल्मका निर्माता मधु मन्तेनाले सञ्चारमाध्यमलाई भने, ‘यो भारतको सबैभन्दा महंगो फिल्म हुनेछ । नयाँ प्रविधि र भिएफएक्ससँगै पौराणिक कथालाई एकपटक फेरि नयाँ स्वरुपमा नयाँ पिढीका दर्शकलाई पस्कँदैछौँ ।’

ठुलो लगानीको यो फिल्म‘रामायण’ का लागि निर्माण पक्षले निर्देशक र कलाकारको छनौट सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यही वर्षदेखि फिल्मको छायाँकन थालिनेछ । यो फिल्ममा तेलुगु सुपरस्टार अल्लू अर्जुन र रामचरण मूख्य भूमिकामा हुनेछन् ।

 

खबर एक्सप्रेस