आज:  | Mon, 15, Apr, 2024

श्रीदेवीको निधनले रानी मुखर्जीको वर्थ डे क्यान्सिल

२०७४, १६ फाल्गुन बुधबार ११:४४ मा प्रकाशित ( ६ साल अघि) ३५३७८ पाठक संख्या

बलिउड अभिनेत्री रानी मुखर्जीले आफ्नो जन्मदिनको पार्टी रद्द गरेकीछिन्। बलिउड सुपरस्टार श्रीदेवीको आकस्मिक निधन भएकोले गर्दा मुखर्जीले दुख व्यक्त गर्दै आफ्नो जन्मदिन नमनाउने भएको छ।

श्रीदेवी आफ्नो मन पर्ने कलाकार मात्र नभएर एक असल मित्र पनि भएको भन्दै उनले दुख व्यक्त गरेकी छन्। उनले भनेकी छन्,’ बलिउडले एक असल कलाकार गुमाएको छ, यसको क्षतिपूर्ति गर्ने कुनै ठाउँ छैन।’

यही आउँदो  मार्च २१ गते उनको ४० अौं जन्म दिन परेको छ।
५४ वर्षिय भारतको चर्चित अभिनेत्री श्रीदेवीको निधन फागुन ११ गते भएको थियो। आफ्नो श्रीमान र कान्छी छोरीसँग वैवाहिक समारोहमा सामील हुन दुबई पुगेकी यी अभिनेत्रीको हृदयघाटका कारण निधन भएको थियो।

खबर एक्सप्रेस