आज:  | Fri, 12, Apr, 2024

कान्छा दाई: चलचित्र अनुरागको नयाँ गीत सार्वजनिक

२०७४, ४ फाल्गुन शुक्रबार १२:२६ मा प्रकाशित ( ६ साल अघि) ३२२३८ पाठक संख्या

चर्चित नेपाल पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमद्वारा निर्मित नयाँ चलचित्र ‘अनुराग’ को पहिलो गीत आज सार्वजनिक भएको छ।

कान्छा दाई बोल रहेको यस गीतमा तारा प्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको छ। सँगीत र शब्द पनि तारा प्रकाश लिम्बु र ममता गुरुङको क्रमशः रहेको यस क्लब गीतमा कार्टुन्ज क्रुजका सरोज अधिकारी तथा एलिजा गौतम मुख्य भुमिकामा रहेका छन्।

गीतको शिर्षक हेर्दा, यो गीत प्रति जति उत्साह जाग्छ, गीत सुनेपछि भने त्यति नै निराशा जाग्नेछ। कुनै ताल र गीतको आवश्यक नियम नै पूरा नभएको यो गीत सुन्दा भर्खरै सिक्दै गरेको व्यक्तिले आफ्नो पहिलो कोसिस गरेको जस्तो देखिन्छ। क्लबमा छायांकन गरिएको यो गीतको भिडियोमा चर्चित डान्सर सरोज अधिकारीलाई पनि सामेल गरिएको छ। र, सबैलाई थाहा भएकै कुरा हो, सरोजलाई मात्र राखेता पनि कार्टुन्ज क्रुज कै नाम शिर्षकमा राखेर जनताबाट युट्युबमा भिउज बटुल्न यस्तो गरिएको हो। तर, कार्टुन्ज क्रुज शिर्षक राख्दैमा, गीत हिट हुदैँमा, गीत राम्रो हुन्छ भन्ने छैन।

सत्यराज चौलागाईंद्वारा निर्देशीत चलचित्र भरत गौतम र गीता भेटवालको लगानी रहेको छ। एरिका फिल्मस् प्रडक्सनको ब्यानरमा निर्माण भएको ‘अनुराग’ जेष्ठ ११ गते प्रदर्शनीमा आउने भनिएको छ।

खबर एक्सप्रेस