आज:  | Mon, 25, Mar, 2024

किन छडे वर्षा र प्रशान्तले ‘रानीमहल’ ?

२०७४, २८ माघ आईतवार ०७:०७ मा प्रकाशित ( ६ साल अघि) ३१७६५ पाठक संख्या

आशिष अधिकार , सहिल श्रेष्ठ, मानस्वी खरेल लगायत नयाँ कलाकारहरुको मुख्य भूमिका रहने यो फिल्मबाट अन्ततः ‘ऐश्वर्य’ भिलेन प्रशान्त ताम्राकार र ‘पशुपतिप्रसाद’ फेम अभिनेत्री वर्षा सिवाकोटीले हात झिकेका छन् । आखिर किन ?


नायिका वर्षाले ‘रानीमहल’ का लागि आफूले चार वटा फिल्म छाडेको सुनाइन् । उनले भनिन्, ‘मैले असारमै फिल्म साइन गरेकी थिएँ । तर, माघ सकिन लाग्दासम्म पनि फिल्मको छायांकन सुरु भएन । म फागुनसम्म पनि पर्खिन तयार थिएँ तर छायांकन तत्काल सुरु नहुने भएपछि म बाहिरिएकी हुँ ।’ उनले साइनिङ अमाउन्ट पनि फिर्ता गरिसकेकी छिन् ।

यस्तै, प्रशान्तले पनि फिल्मको छायांकन ढिला सुरु हुने भएपछि ‘रानीमहल’ छाडेको जानकारी दिए । उनले भने, ‘अफिसियल रुपमा मैले साइनिङ अमाउन्ट फिर्ता गर्दै फिल्म छाडिसकेको छु । चाँडै मेरो नयाँ फिल्म ‘रणवीर’ को छायांकन सुरु हुँदैछ । म एकसाथ दुई फिल्मको सुटिङ गर्न सक्दिनँ । त्यसैले ‘रानीमहल’ छाडेँ ।’ फिल्म ‘ऐश्वर्य’ हिट भएपछि प्रशान्त अहिलेका ‘मस्ट डिमान्डेड’ अभिनेतामा पर्छन् ।

‘रानीमहल’ का निर्देशक हिमाल न्यौपाने हुन् । डेढ करोड लगानीमा बन्ने यो फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ । फिल्मका निर्माता बिमल भुसाल हुन् ।

खबर एक्सप्रेस