आज:  | Fri, 29, Mar, 2024

बबिनाको माथी माथी हिमाले भेगमा घले गाउ

२०७४, २६ माघ शुक्रबार १५:१६ मा प्रकाशित ( ६ साल अघि) ५३८१८ पाठक संख्या

नेपाली साङ्गितिक आकाशमा पृथक आवाज लिएर आएकि बबिना किरातिको “मर्निङ द विगिनिङ” नामक एल्बम आज एक कार्यक्रम बिच बिमोचन भएको छ। नेपाल साहित्य समाज (ने.सा.स) दक्षिण कोरिया को दोस्रो तथा बिन्दबासिनी म्युजिकको प्रस्तुति रहेको यस एल्बम मा संगीत भने डि आर अटुको रहेको छ भने डि आर अटु , गणेश पौडेल, छविशित कुलुङ्ग,यल्जी बिवश,धरती कल्पना,सुरेन्द्र कार्की र मिलन थापाको शब्द रहेको छ भने राजु कार्की,आमोस तामङ,पुष्कर सुनुवार र महाराज थापाको संगीत संयोजन रहेको छ।
उक्त एल्बमको बिमोचन बरिस्ठ संगीतकार पारस मुकारुङले एन टि भि प्लस को झन्कार लाइभ बाट गरेका हुन। सात वटा गीत समाबेश यस एल्बममा माथी माथी हिमाली भेगमा बोलको गीतको म्युजिक भिडियो पनि देखाइएको थियो। उक्त म्युजिक भिडियो नेपालको पर्यटकीय स्थल लमजुङको घले गाउँमा खिचिएको हो। यस भिडियो युवाराज वाइबा द्वारा खिचिएको हो भने मोडल मा अनिश मगर र बबिना स्वायमको भुमिका रहेको छ। पर्यटनको हिसाबले उत्कृष्ट घले गाउँमा खिचिएको यस म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ। मनोरम दृस्या कैद गरिएको यस भिडियोमा प्रदेशियको मायालु को सम्झनमा बबिनाले बिगतका याद हरुलाई सम्झेर ताजा बनाएकी छिन।

गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नु होला।

खबर एक्सप्रेस