आज:  | Mon, 25, Mar, 2024

पटुकी ४ दिनमा नै युट्वमा किन??

२०७४, २६ माघ शुक्रबार ०८:११ मा प्रकाशित ( ६ साल अघि) १२८३३ पाठक संख्या

माघ १९ गते शुक्रबार बाट प्रदर्शनमा आएको राम नेपाल द्वारा निर्देशित चलचित्र ‘पटुकी’पहिलो दिनमा नै धेरै हलमा दर्शक न आएर सो नै क्यान्सिल गरिएको थियो ।शुक्रबार बाट रिलिज भएको यस चलचित्र शनिबार सम्म सबै जसो हल बाट हटाइ सकिएको थियो ।स्कृप्ट समेत आफैले लेखेका कलाकार कालु को पटुकीमा मुख्य भुमिका आ रजनी केशी,जेम्स बिसि,म्यक्टेन कालू,दिपक कन्डेल, रोजि श्रेष्ठ, हरि गुरुङ लगायत का कलाकारहरु छ्न। राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा लक्ष्मण घिमिरेको छायांकन रहेको छ।
आखीर रेलिज भएको ४ दिन नबित्दै किन युटुबमा भन्ने कुरा बुझ्दा निर्माता म्याक्टेन कालु भन्छन राम्रो चलचित्र बनाएको थिए तर पनि राम्रो हल पाइन,वितरक को साथ भएन साथै मिडिया को पनि साथ रहेन जसको फल स्वरुप मेरो चलचित्र हल बाट चाडै उतारियो |धेरै मिहेनत र दुख ले चलचित्र दर्शक को लागि बनाएको थिए , आखिर दर्शक ले मेरो चलचित्र हेर्न नपाए पछि युट्युवमा हाल्न बाध्य भए | आज मेरो चलचित्र युट्युवमा दर्शकले धेरै मन पराएको छ कमेन्टहरु हेर्नुस | मैले राम्रो चलचित्र बनाउदा बनाउदै पनि मेरो चलचित्र हलमा चलाइयॆन | मेरो चलचित्र नचलेको होइन नचलैयॆको हो |यस्तै चलचित्र को राजनीतिले म जस्ता धेरै निर्माता डुबेका रहेछन , सारै दुखि छु भनेर भने।
आखिर खास कारण के हो त? फिल्मको कथा राम्रो नभएर हो कि? प्रचारप्रसारको कमि हो कि? या बितरकको साथ नपाएर? यदि कथा नै बलियो भएको भय किन बितरकले हलमा लगाउन बाट रोके? नेपालि फिल्म दुनियामा यो पहिलो पटक हो जुन फिल्म रिलिज भएको ४ दिनमा नै युटुवमा आएको। के फिल्म साच्चिकै राम्रो या नराम्रो छ हेर्न तल लिन्क क्लिक गर्नुहोला।

खबर एक्सप्रेस