आज:  | Wed, 27, Mar, 2024

‘अय्यारी’ को प्रदर्शनी मिति पुन: स्थगित हुनुको वास्तविक कारण

२०७४, २३ माघ मंगलवार १०:५७ मा प्रकाशित ( ६ साल अघि) ३२२७६ पाठक संख्या

सिध्दार्थ मल्होत्राको ‘अय्यारी’ को सबै कुरा राम्रो भइरहेको छैन। व्यापार विश्लेषक तारण आदर्शले चलचित्र अझै एक हप्ता पछाडि धकेल्ने भनेर ट्वीट् गरेको एक दिन पछि, आइएएनएसको रिपोर्टले चलचित्रलाई भारतीय केन्द्रीय चलचित्र बोर्डले स्विकृती नदिएको जनाएको हो। चलचित्र भारतीय रक्षा विभागले हेरेका थिए र केही परिवर्तन गर्न सुझाव दिएका छन्। अय्यारी, जुन एक जातीय नाटक हो, जस्मा मनोज बाजपेयी र राकुल प्रीत पनि अभिनित छन्।

अय्यारीको वास्तविक प्रदर्शनी मिति अक्षय कुमारको प्याड म्यानको एक दिन पछि, जनवरी २६ गते रहेको थियो तर दुवै चलचित्रको प्रदर्शनी मिति सारियो। अय्यारीले चलचित्र स्थगितको कुनै पनि कारण नदिईकन चलचित्रको नयाँ प्रदर्शनी मिति फेब्रुअरी ०९ गते घोषणा गरेको थियो तर यो व्यापक रुपमा मानिन्छ कि यो पद्मावत र प्याडम्यानसँग जुध्न बाट बच्नको लागि गरिएको हो। पछि, पद्मावतको निर्देशक संजय लीला भन्सालीसँग सहमतिमा प्याडम्यानको प्रदर्शनी मिति दुई हप्ता पछाडि सारिएको थियो।

प्याडम्यानका निर्माताहरुले उनीहरुको नयाँ प्रदर्शनी मिति पनि फ्रेवुअरी ०९ गते नै तय गरेका छन्, जुन सुनेर अय्यारीका सिध्दार्थले दिक्क मानेका छन्। उनले आईएएनएसका समाचार एजेन्सीलाई बताए, “हो, यो दिक्क लाग्दो छ, तर अब ढिला भैसकेको छ। अब हामी के गर्न सक्छौँ? हामीले पहिला मिति सारेका हो। जब प्याडम्यान निर्माताहरुले उनीहरुको प्रदर्शनी मिति खुलासा गरे, हामीले चलचित्र जुध्न बाट बच्न हाम्रो प्रदर्शनी मिति सारेका थियौँ। मैले आशा गरेको थिएन कि प्याडम्यान निर्माताहरुले पनि हामीसँगै चलचित्र रिलिज गर्नेछन्, विशेष गरी दोस्रो पटक। हामीले सोचेका थियौँ कि हामीले सोलो रिलिज गर्नेछौँ।”

अय्यारी निरज पाण्डे द्वारा निर्देशन गरिएको हो, जसले प्याडम्यान स्टार अक्षय कुमारसँग बेबी र स्पसल २६ जस्ता चलचित्रहरु बनाइसकेका छन्। आर बल्किको निर्देशनमा बनेको चलचित्र प्याडम्यान, ट्वींकल खन्नाले निर्माण गरेका हुन्।

खबर एक्सप्रेस