आज:  | Thu, 18, Apr, 2024

प्रदिपलाइ पछ्याउँदै अनमोल, भुवनलाइ पछ्याउँदै जिया

२०७४, १० माघ बुधबार ०६:१० मा प्रकाशित ( ६ साल अघि) ३६१९२ पाठक संख्या

युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ रिलिज हुन अब १६ दिन मात्रै बाँकी छ । तर यो फिल्मको अहिलेसम्म पनि पुर्ण छायाँकन सकिएको छैन् । फिल्ममा समावेश एक गीत अझै खिच्न बाँकी छ । निर्माण घोषणाको समयदेखि नै उक्त गीतलाई विदेशमा छायाँकन गर्ने बताएको निर्माण टिम अब भने त्यसको तयारीमा जुटेको छ ।

 

प्राप्त जानकारी अनुसार ‘कृ’ टिम बिहिबार गीत छायाँकनको लागी यूरोप प्रस्थान गर्दैछ । स्कटल्याण्डमा गीत खिचिनेछ । स्कटल्याण्डमै खिचिएको प्रदिप खड्का अभिनित चलचित्र लिलीबिली मै छायांकन भएको थियो । चलचित्र क्रीको छायाँकनको लागी १० जनाको टिम स्कटल्याण्ड प्रस्थान गर्न लागेको बुझिएको छ । जहाँ निर्माता द्वय सुवास गिरी र भुवन केसीसँगै निर्देशक सुरेन्द्र पौडेल, लिड कलाकार द्बय अनमोल र अदिती प्रोडक्सन म्यनेजर शंकर पाण्डे सहितका सदस्य छन् ।

‘कृ’ युनिट स्कटल्याण्ड उड्दै गर्दा भुवन केसीकी अघोषित प्रेमिका जीया केसी पनि उक्त टिमसँग सँसँगै हुनेछिन् । पछिल्लो पटक सामाजिक सञ्जालमा ‘कृ’ फिल्मको प्रचार प्रसारमा खुलेर लागेकी जीया फिल्मको गीत छायाँकनमा यूरोप जाने टिममा एक सदस्य बनेकी छिन् ।

 

फिल्म युनिट विदेश जान लाग्दा भुवनलाई जीयाले आफु पनि जान चाहेको कुरा खोलेकी थिइन् । जुन कुरा लामो समयदेखि एकसाथ हुँदै आएका अनमोल पीता भुवनले हार्न सकेनन् । त्यसपछि एकसाथ सबैको भिषा आवेदन हुँदा जीया पनि अटाएको बुझिएको छ । जीयाको पनि भिषा प्रक्रिया सबै पुरा भइसकेको बताइएको छ ।

खबर एक्सप्रेस