आज:  | Thu, 01, Dec, 2022

‘मिस नेपाल-२०१८’ को आवेदन खुल्यो

२०७४, ९ माघ मंगलवार ०२:४३ मा प्रकाशित ( ४ साल अघि) २८४३३ पाठक संख्या

‘मिस नेपाल-२०१८’ को लागि आवेदन खुलेको छ। आइतवार भएको पत्रकार सम्मेलनमा द हिडेन ट्रेजरले सन् २०१८ को लागि मिस नेपालको घोषणा गरेको हो। यस वर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ गरी चार जना विलक्षण प्रतिभाशाली युवतीको चयन गरिने बताइएको छ। चार जना युवतीहरू ‘मिस वल्र्ड, मिसन यूनिभर्स, मिस अर्थ र मिस इन्टरनेशनल’मा सहभागी हुनेछन् ।

दहिडेन ट्रेजर ‘मिस नेपाल २०१८’को मुख्य प्रायोजन रुसलान एफले गर्नेछ । यस्तै, कलर्स मोबाइल, लिभोनले सह प्रायोजन गर्नेछन् । यस वर्ष मिस नेपालको अडिसन नेपालको ८ सहर विरगञ्ज, बिर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल, नेपालगञ्जमा हुनेछ । अन्तिम अडिसन भने काठमाण्डौमा हुने आयोजकले बताए । अडिसनबाट छनोट भएका अन्तिम प्रतिस्पर्धालाई ७ हप्ता प्रशिक्षण दिइनेछ । उमेरको हकमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीले फ्रेवुअरी १५, २०१८ सम्म आवेदन दिन सक्नेछन् । बिहे नगरेका, विवाहको बचन नदिएका, नेपाली नागरिकता र पासपोर्ट भएकाले आवेदन दिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो सर्त लागू भएको खण्डमा एनआरएनले पनि आवेदन दिन सक्नेछन् ।

खबर एक्सप्रेस