आज:  | Sat, 20, Aug, 2022

नेपाल आईडलका फस्ट रनरअप निशानको पहिलो गीतको भिडीयो

२०७४, ७ माघ आईतवार १६:१३ मा प्रकाशित ( ४ साल अघि) २५५५२ पाठक संख्या

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत बाहिरीएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो । नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो ।

उनको नयाँ गीतको पर्खाइमा रहेका लाखौ फ्यानका लागि निशानको गीतको  भिडियो  सार्वजनिक गरिएको भिडियो निर्देशक युवराज वाइबाले जानकारी दिएका छन् । भिडियोमा उनले निशानसहित नायिका जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् । प्रदिप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको शब्द र निशान भट्टराईको स्वर छ ।

खबर एक्सप्रेस