आज:  | Thu, 11, Aug, 2022

अर्जेटिना का स्ट्राइकर सर्जियो अगुएरोले ह्राट्रिक गरे पछि लामो दुरी..

२०७४, ७ माघ आईतवार ०३:२५ मा प्रकाशित ( ४ साल अघि) २५१५२ पाठक संख्या

Aku chinta_ अर्जेन्टाइन स्ट्राइकर सर्जियो अगुएरोले सिजनको दोस्रो ह्याट्रिक गरेपछि इङ्लिस प्रिमियर लिगमाा फराकिलो अग्रता बनाइरहेको म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडमाथि ३-१ को जित निकालेको ।

सिटीले राफा बेनिटेज नेतृत्वको न्यूकासललार्इ सजिलै पराजित गरेको हो । यो जितपछि सिटीले दोस्रो स्थानको सहरी प्रतिद्वन्द्वी म्यानचेस्ट युनाइटेडसँगक अंकदुरी १२ नै कायम गर्न सफल भएको छ ।

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीलार्इ जिताउने क्रममा अगुएरोले ३४औँ, ६३औँ र ८३औँ मिनेटमा गोल गर्दै सिजनको दोस्रो ह्याट्रिक गरे। उनले एउटा गोल पेनाल्टीबाट गरेका थिए । पराजित न्यूकासलका लागि ६७औँ मिनेटमा ज्याकोभ मर्फीले सान्तवना गोल गरे ।

यो जितसँगै सिटीले २४ खेलबाट ६५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २४ खेलबाट ५३ अंक जोडेको छ ।

खबर एक्सप्रेस