आज:  | Thu, 28, Mar, 2024

इन्डियन प्रिमियर लिग (IPL)मा नेपालका बलर सन्दिप लामिथाने हेरौ पुरै IPL का खेलाडी कस्को मुल्य कती…

२०७४, ७ माघ आईतवार ०२:२९ मा प्रकाशित ( ६ साल अघि) ३३६१६ पाठक संख्या

Aku chinta_

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको अक्सन (बोलकबोल) सूचीमा नेपालका युवा बलर सन्दीप लामिछाने पनि परेका छन्।

लागि आगामी अप्रिलमा हुने अक्सनका लागि शनिबार सार्वजनिक गरिएको ५ सय ७८ जनाको सूचीमा नेपालका सन्दीप पनि परेका हुन्। सूचीमा ३ सय ६० जना भारतीय खेलाडी छन् भने बाँकी विदेशी छन्।

सूचीमा परेकाहरूको अक्सन आगामी जनवरी २७ र २८ मा बैंगलुरुमा हुनेछ। अक्सन सूचीमा ७० जना क्यापेड खेलाडी छन् भने बाँकी अनक्यापेड छन्। सन्दीप अनक्याप्ड खेलाडीको क्याटागोरीमा परेका छन् ।

हेर्नुहोस् अक्सन सूची

यसअघि पाकिस्तान सुपर लिग (पिएसएल) र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा समेत परेका सन्दिप अक्सनबाट भने टिममा छनोट भएका थिएनन्।

आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीले कम्तीमा २० लाख भारतीय रूपैयाँ पाउनेछन्। क्यापेडले ५० लाखभन्दा माथि पाउछन्।

आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।

आगामी जनवरी २७ र २८ मा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटको अक्सनमा ३६ जना खेलाडीको न्यूनतम् मूल्य ३ करोड २० लाख तोकिएको छ।

१३ जना भारतीय र २३ जना विदेशी खेलाडीलाई किन्न चाहने क्लबले न्यूनतम ३ करोड २० लाख रुपैयाँ खर्चिनुपर्नेछ।

अक्सनका लागि ११ सय २२ खेलाडी सहभागी भएका थिए। जसमा २ सय ८१ राष्ट्रिय टिमबाट खेलेका र ८ सय ३८ राष्ट्रिय टिमबाट नखेलेका छन्। ११ सय २२ मध्ये खेलाडीबाट फेन्चाइज टिमले अक्सनबाट खेलाडी किन्नेछन्। अक्सनमा ७ सय ७८ भारतीय खेलाडी छन् भने तीन जना एसोसिएट राष्ट्रका छन्।

यी हुन् न्यूनतम ३ करोड २० लाख रुपैयाँ मूल्य भएका खेलाडी

भारत– रविचन्द्रन आश्विन, युजभेन्द्र चाहल, शिखर धवन, गौतम गाम्भिर, केदार जादव, दिनेश कार्तिक, मुरली विजय, अजिन्का राहाणे, लोकेश राहुल, कर्ण शर्मा, युवराज सिंह, हरवजन सिंह, रोविन उथप्पा

विदेशी खेलाडी– रसिद खान, पाट कमिङ्ग्स, जेम्स फल्कनर, जोश हजलउड, मिचेल जोनसन, क्रिश लियोन, ग्लेन म्याक्सवेल, मार्कोस स्टोइनिस, मिचेल स्टार्क, क्यामरन ह्वाइट, इयन मोर्गान, लियाम प्लुङकेट, बेन स्टोक्स, डेभिड विलिऽ क्रिस ओएक्स, कोरी एन्डर्सन, ब्रेन्डन म्याकुलम, क्वान्टन डे कक, कोलिन इन्ग्राम, एन्जेलो म्याथ्यु, ड्वायन ब्राभो, क्रिस गेल, केइरन पोलार्ड

न्यूनतम २ करोड ४० लाख रुपैयाँ मूल्य भएका खेलाडी

आरोन फिन्च, अमित मिश्रा, डेभिड मिल्लर, इभिन लेविस, फाप डु फ्लेसिस, ह्यारी गुन्री, हसिम अम्ला, जासन होल्डर, जासन रोए, जयदेव उनादकद, जोए रुट, जोनी बिस्ट्र, जोस बटलर, कागिसो राबाडा, केन विलियमसन, कुलदिप यादव, केल एबोट, लेन्ड सिमोन्स, मार्क विड, मिचेल क्लिङगर, मोइन अली, मोहित शर्मा, मोइसिस हेनरिक्स, नाथान काउल्टर निल, नाथान लियो,न पिटर ह्यान्डकम, रवि बोपारा, साउन मार्स, स्टेभिन फिन, त्रभिस हेड, ट्रेन्ड बोउल्ट, वासिङटन सुन्दर

न्यूनतम १ करोड ६० लाख रुपैयाँ मूल्य भएका खेलाडी =

एडम जाम्पा, एलेक्स हल्स, एन्ड्रिय टेइ, वेन कटिङ, कार्लोस बाथवेट, क्रिस जोर्डन, डेल स्टेन, ड्यानियल क्रिस्टियन, ड्वान स्मिथ, जासन ब्रेनेन्डोफ, जेपी डुमिनी, लासिथ मालिङगा, मनिष पाण्डे, मिचले म्याक्लिङघन, मोहमद सामी, मोहमद सिराज, इमरान ताहि,र मुस्ताफिजुर रहमान, पार्थिव पटेल, पियुस चावला, साम विलिङ्ग्स, स्यामुयल बद्री, सन्जु सामसन, सकिब अल हस,न सेन वाट्सन, टिम साउदी, टोम कुरान, टाइमल मिल्स, उमेश यादव, विनय कुमार, ऋद्धिमान साह

यसअघि पहिलो चरणमा आवद्ध खेलाडीको मूल्य

विराट कोहली–१७ करोड – रोयल च्यालेन्जर्स बेंग्लोर
महेन्द्रसिंह धोनी–१५ करोड -चेन्नइ सुपरकिंग्स
रोहित शर्मा– १५ करोड – मुम्बइ इन्डियन्स
डेभिव वार्नर– १२ करोड -सनराइजर्स हैदरावाद
स्टेभिन स्मिथ– १२ करोड- राजस्थान रोयल्स
सुरेश रैना ११ करोड् -चेन्नइ सुपरकिंग्स
एबी डिभिलियर्उस–११ करोड- रोयल च्यालेन्जर्स बेंग्लोर
हार्दिक पान्ड्या–११ करोड- मुम्बइ इन्डियन्स
भुवनेश्वर कुमार – ८ करोड ५० लाख -सनराइजर्स हैदरावाद
सुनिल नारायण– ८ करोड ५० लाख- कोलकता नाइटराइडर्स
रिशव पन्त – ८ करोड- दिल्ली डेयरडेभिल्स
रविन्द्र जडेजा ७ करोड-चेन्नइ सुपरकिंग्स
क्रिस मोरिस– ७ करोड १० लाख – दिल्ली डेयरडेभिल्स
श्रेयास इयर ७ करोड- दिल्ली डेयरडेभिल्स
जसप्रित बुमराह – ७ करोड – मुम्बइ इन्डियन्स
आन्द्रे रसेल ७ करोड – कोलकता नाइटराइडर्स
अक्षर पटेल– ६ करोड ७५ लाख- किंग्स इलाभेन पञ्जाव
शर्फराज खान १ करोड ७५ लाख – रोयल च्यालेन्जर्स बेंग्लोर

खबर एक्सप्रेस