आज:  | Thu, 28, Mar, 2024

धुर्मुस सुन्तलीलाई भेट्न किन गए डा. गोविन्द के.सि र रवि लामिछाने बिस्तारमा

२०७४, ७ माघ आईतवार ०७:५७ मा प्रकाशित ( ६ साल अघि) ३७०९५ पाठक संख्या

 

डा.गोबिन्द के.सि र रवि लामिछाने ” एकीकृत नमुना सन्तपुर बस्ती “को अबोलकन गरेर  खुलेर तारिफ समेत गर्नु भयो! रौतहट का सितलहर पीडित लाई न्यानो तथा स्वास्थ्य जाँच गर्न आउनु भएको उहाँ लगायत डा.तोसिमा र डा.अभिषेक ले बधाई तथा सुभकामना व्यक्त गर्नु भयो ।

सर्वसाधारणले भगवान मानेका जनताका प्रिय पत्रकार रबि लामिछाने ले पनि  धुर्मुस सुन्तलीले पछिल्लो समयमा निर्माण गरीरहेको सन्तपुर एकिकृत नमुना बस्ती पुगेर त्यहाँको बातावरण अवलोकन गर्नुभयो । रबि लामिछानेलाई बस्तीमा अचानक भेट्दा घर निर्माणको काममा लागिरहेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) समेत अचम्ममा परे ।

जनताबाट भगवानको उपमा पाएका तिन जना असल मानिसहरु रबि लामिछाने, सिताराम कट्टेल र कुन्जना घिमिरे बिचको त्यो बार्तालाप बास्तवमै रोचक बन्न पुग्यो । धुर्मुस सुन्तलीले गरीरहेको काममा हौसला थप्न रबि लामिछाने सन्तपुर एकिकृत नमुना बस्तीमा पुगेका थिए ।त्यहाँ रबि लामिछानेले बोलेर मात्र धुर्मुस सुन्तलीलाई हौसला दिएनन, बस्ती निर्माणको लागी ब्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गरे ।

Dudhkodudhpanikopani.com

खबर एक्सप्रेस