आज:  | Thu, 28, Mar, 2024

तिन खानको अफरलाई नकारेका बलिउड चर्चित अभिनेत्रीहरु

२०७४, ६ माघ शनिबार १४:३४ मा प्रकाशित ( ६ साल अघि) ३३०९० पाठक संख्या
  1. Aku chinta_

बलिउडमा हरेक वर्ष सुपरहिट चलचित्र दिएका यी अभिनेताहरूसँग काम गर्न प्राय अभिनेत्रीहरू लालयित हुने गर्दछन् । तर बलिउडका यस्ता केही अभिनेत्रीहरू छन् जसले तीन खानसँग काम गर्ने नाई शब्दको उच्चारण गरेका थिए ।

१. प्रियंका चोपडा
बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री हुन् प्रियंका चोपडा । २००८ मा अमिरको सुपर हिट चलचित्र ‘गजनी’बाट प्रियंका चोपडालाई अफर आएको थियो । उनले चलचित्रमा आफ्नो भूमिका बारेमा बुझ्न चाहिन् । तर, निर्माण पक्षले बताउन नचाहे पछि प्रियंकाले यो चलचित्र छाडेकी थिइन् ।

२. दीपिका पादुकोण
अर्की अभिनेत्री हुन् दीपिका पादुकोण जसले एउटा मात्र नभएर सलमानको ३ वटा फिल्मलाई ठाडै अस्वीकार गरेकी थिइन । ‘किक’, ‘प्रेम रतन धन पायो’ र ‘सुल्तान’ जस्ता बलिउडमा सफल व्यापार गरेका यी चलचित्रमा उनले काम गर्न अस्वीकार गरेकी थिइन् । दीपिकालाई हिरोइनको रोल चित्त नबुझेपछि अस्वीकार गरेकी हुन् । साथै उनले शाहरुखसँग चलचित्रमा काम नगर्ने समेत घोषणा गरेको भारतीय मिडियाले लेखेको छ ।

३. ऐश्वर्य राय बच्चन
‘१९९६ मा आएको आमिर खानको चलचित्र ‘राजा हिन्दुस्तानी’को अफर पहिलो पटक ऐश्वर्य राय बच्चनलाई गरिएको थियो । त्यो समयमा उनी चलचित्र भन्दा पढाइमा ध्यान दिन चाहेका कारण काम गर्न अस्वीकार गरेकी थिइन । ऐश्वर्यले अस्वीकार गरे पछि उक्त चलचित्र करिश्मा कपूरले गरेकी थिइन् ।

४. जुही चावला
शाहरुख खानको फिल्म ‘दिल तो पागल है’मा करिश्मा कपुरको रोल सुरुमा जुही चावलालाई अफर गरिएको थियो । तर उनले जवाफ नफर्काएपछि त्यो रोल करिश्मालाई दिइएको थियो । चलचित्र सुपरहिट भयो साथै करिश्माले यसै चलचित्रमा उत्कृष्ट सह–नायिकाको अवार्ड पाएकी थिइन् ।

५.कंगना रनाउत
आनन्द एल रायको आगामी अनटाइटल्ड चलचित्रमा कंगनालाई पहिलो पटक अफर गरिएको थियो ।चलचित्रमा कंगनाको जोडी शाहरुख खान रहेका थिए । तर उनले त्यो अफर लाई अस्वीकार गरिन्। यो चलचित्र सेन्ट्रिक भएकाले उनले अस्वीकार गरेको बताएकी छन् ।‘कफी विद् करण’ मार्फत उनले यो कुराको खुलसा गरेकी हुन् ।

६. करिना कपुर
शाहरुखको चलचित्र ‘कल हो ना हो’मा करिना कपूरलाई अफर आएको थियो । करिनाले लिड गरून् भनी करण जोहरले चाहेका थिए । यो चलचित्रमा करिनालाई पनि काम गर्न इच्छा नभएको होइन । तर, पारिश्रमिकको कुरा नमिले पछि अस्वीकार गरेकी थिइन् ।

खबर एक्सप्रेस