आज:  | Fri, 22, Mar, 2024

नेपाली प्रशिक्षक प्रदिपले पाए इङ्ल्यान्ड्को वेस्टहाममा मौका

२०७४, ६ माघ शनिबार ०९:५१ मा प्रकाशित ( ६ साल अघि) ३३२९६ पाठक संख्या

थ्रीस्टारका पूर्व प्रशिक्षक प्रदिप हुमागाईले इङ्ल्यान्डको चर्चित क्लब वेस्टहाम युनाइटेडमा डिप्लोमा कोर्स गर्ने मौका पाएका छन्।
हाल अमेरिकाकोे किस्टोन एथ्लेटिकका प्रशिक्षक प्रदिपलाई वेस्टहामको एक हप्ते अन्तराष्ट्रिय एकेडेमी डिप्लोमामा स्थान दिइएको किस्टोन एथ्लेटिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘प्रदिप छनोट भएकोका क्लब गौरव गर्दछ। उनको उत्कृष्ट प्रशिक्षण क्षमता र फुटबलमा राम्रो अनुभवका कारण हामीले उनलाई वेस्टहाममा स्थान दिएका हौं,’ किस्टोन एथ्लेटिकले भनेको छ।
वेस्टहाममा प्रदिप फेब्रुअरी ९ तारिखमा ‘ओरियन्टेसन’ कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि तीनदिन उनले उमेर समूहको खेल निरीक्षण गर्नेछन्। प्रिमियर लिगमा बेस्टहाम र वाटफोर्डबिरुद्ध फेब्रुअरी १० मा हुने खेल हेर्न र उक्त खेलको विश्लेषणमा पनि उनलाई सहभागीताको अवसर दिइएको हो।
प्रदिपले फेब्रुअरी १४ तारिखमा वेस्टहामको मुल्याङ्कन सेसनमा सहभागी भई वेस्टहाम एकेडेमीका म्यानेजर टेरी वेस्टली र एकेडेमीका कोचिङ निर्देशक पाउल हेफरसँग अनुभव पनि साट्नेछन्। त्यसपछि प्रदिप अमेरिका फर्कने छन्।
किस्टोन एथ्लेटिकले आफ्नो क्षमाताको कदर गरेको भन्दै प्रदिपले यस अवसरले आफ्नो फुटबल क्यारियरमा थप सहयोग पुग्ने बताए। प्रिमियर लिग क्लबका डिप्लोमा गर्न पाउनु मेरो जीवनकै खुशीको क्षण हो, प्रदिपले भने। प्रदिपले दुई महिनाअघि मात्र नेपालबाट फिफा ‘ए’ लाइसेन्स प्रशिक्षण कोर्स गरेका थिए। उक्तत कोर्समा उनी पहिलो भएका थिए।

खबर एक्सप्रेस