आज:  | Fri, 22, Mar, 2024

के नेपाली क्रिकेट टिलीले आइसिसी खेल्न पाउला?

२०७४, ५ माघ शुक्रबार १७:१८ मा प्रकाशित ( ६ साल अघि) ३४६९८ पाठक संख्या

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले २०१९ आईसीसी एकदिवसीय बिश्व कप छनौटको आयोजना स्थल जिम्वावे नै बनाएको छ । केहि साता अगाडी सम्म त्यहाको राजनितीक अवस्थाका कारण आइसीसीले अर्को विकल्पस्थलका रुपमा हेरीरहेको भएपनि अन्तिममा मार्च ६ तारिखबाट विश्वकप छनोट जिम्वावेमा हुने भएको हो ।

यसका लागि आइसीसीले खेल तालिका पनि सार्वजनिक गरिसकेको छ । जसमा १० टिमको सहभागिता हुनेछ । त्यस अघि नेपालले नामिवियामा डिभिजन टु खेल्दैछ ।

डिभिजन २ नै दबावमुलक

फेब्रेवरी छ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा नेपालसगै क्यानडा ओमान नामिविया केन्या युएइ रहेका छन । जसमा नेपालले शिर्ष दुइमा स्थान बनाउनु पर्नेछ । जुन आफैमा ठुलो चुनौतीको विषय छ । किनकी पछिल्लो पटक डिभिजन थ्रि बाट माथि उक्लिएको ओमान र क्यानडा राम्रो लयमा देखिएका टिम छन । त्यसमा पनि नेपालले केन्या र युएइ विरुद्ध जित निकाल्नु पनि चुनौतीको पाटो हो ।

तर कप्तान पारसका भनाइ मान्नेहो भने विश्वकप छनोट खेल्न चार खेल जित्नु हो त्यो गार्हो नहोला । तर त्यसका लागि राम्रो क्रिकेट खेल्न आवश्यक रहेको उनको भनाइ छ । उनको यहि भनाइलाइ मानेर शिर्ष दुइमा पुगे नेपालले विश्वकप छनोट सफल हुन भने चमत्कार नै गर्नु पर्नेछ ।

सहभागी टिमहरु :- आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, पपुवा न्यु गिनी, हंगकंग र २ टिम ( डिभिजन-२ मा उत्कृस्ट हुने २ टिम )

कारण विश्वकप छनोटमा नेपाल भन्दा निकै राम्रो स्तर भएका देशले विश्वकपका लागि खेल्नेछन । जसमा वेष्ट इन्डिज आयरल्याण्ड जिम्वावे अफगानिस्तान नेदरल्याण्ड स्कटल्याण्ड जस्ता टिम रहेका छन ।

समुह ‘ए’ वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र डिभिजन-२ बिजेता
समुह ‘बि’ अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र डिभिजन-२ उपविजेता

कस्तो हुदै छ नेपालको तयारी

डिभिजन टु का लागि यतिबेला कडा मेहेनतमा रहेको नेपाली टिमले केहि दिनपछि थप अभ्यासका लागि युएइ जादैछ । जसमा नेपालले करीव १० दिन प्रशिक्षण गर्नेछ । तर यसपटक नेपाली टिमले नया ब्याटिङ प्रशिक्षक पाउदैछ । मोन्टी देशाइ छोटो समयका लागि नेपाल नआउने निर्णय गरेपछि नेपालको क्रिकेट खेलाडीलाइ नबुझेका प्रशिक्षक सुरक्षण कुलकर्नी नेपाल आउदैछन । अब छोटो समयको प्रशिक्षणमा नया प्रशिक्षकको भुमिका के होला भन्ने ठुलो प्रश्न छ । यसअघि पनि न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा छोटो समयका लागि ब्याटिङ कोच नियुक्त गर्दा नेपालको प्रदर्शन निकै खराव भएको थियो । कतै यो पटक पनि त्यहि त दोहोरिदैन भन्ने प्रश्न छ ।

यदि डिभिजन टु को शिर्ष दुइमा पुगेन भने के

नामिवियामा हुने डिभिजन टु मा नेपाल अटेन भने नेपाललाइ अर्को दुर्भाग्य हुनेछ । नेपालले फेरी आफुलाइ नया ढङगले अगाडी बढाउनु पर्नेछ । किनकी डिभिजन टु खेल्न नेपालले एक देखि डेढ बर्ष कुर्नुपर्ने हुन्छ । आइसीसीले डिभिजन टु का विषयमा अहिले कुनै प्रतियोगिताको मिती नतोके पनि चाडै तोक्छ भन्ने आशा गरिएको छ । यदि त्यसो भएमा नेपाली खेलाडीले मैत्रीपुर्ण खेल खेल्नु बाहेकको विकल्प छैन । घरेलु सरचनाको ताल पनि त्यहि हो । खेलाडी फुर्सदमा हुने र आफ्नो भएको सिप पनि गुमाउने हुन की भन्ने ठुलो डर छ ।

खबर एक्सप्रेस