आज:  | Fri, 29, Mar, 2024

अहिले सम्मकै सबैभन्दा धेरै ब्यापार गर्ने नेपाली चलचित्रहरु

२०७४, ५ माघ शुक्रबार ०५:०५ मा प्रकाशित ( ६ साल अघि) १७६८३ पाठक संख्या

18 January, 2018
By Kiran Acharya

नेपाली चलचित्र क्षेत्रको धेरै लामो इतिहास छैन, स.न, १९५१ बाट सुरु भएको नेपाली चलचित्र क्षेत्रको इतिहास अहिले ६९ बर्ष पछाडि स.न, २०१८ सम्म आइपुगेको छ। पहिलो नेपाली भाषाको चलचित्र डि.बि परियार को “सत्य हरिस्चन्द्र” हो भने नेपालमा बनेको पहिलो नेपाली चलचित्र “आमा” हो। १९५१ देखि २०१८ सम्म आइपुग्दा नेपाली चलचित्रहरुले गरेको व्यापार दूध को दूध पानीको पानी गर्ने छौ।
१९५१ मा बनेको पहिलो नेपाली चलचित्र “सत्य हरिस्चन्द्र” र २०१७ मा बनेको “छक्का पन्जा २”मा धेरै भिन्नता र धेरै असमान्ता छ। “छक्का पन्जा” २ ले करिब १५ कडोरको व्यापार गर्न सफल भएको छ। त्यसैले हामी के बुझ्न सक्छौ भने नेपाली चलचित्र क्षेत्रले धेरै प्रगती गरेको छ। तर पनि नेपाली चलचित्र क्षेत्र एउटा उद्ध्योग हुन सकेको छैन। नेपाली चलचित्र क्षेत्रको इतिहासमा ६९ बर्ष अघि देखिका सबै भन्दा धेरै व्यापार गर्न सफल ५ नेपाली चलचित्रहरुको नाम प्र्स्तुत गर्ने छौ।

१. छक्का पन्जा २ “१६ करोड”

स.न २०१७ मा रिलिज भएको चलचित्र छक्का पन्जा २ नेपाली चलचित्र क्षेत्रको इतिहासमा सबै भन्दा धेरै ब्यापार गर्ने चलचित्र छक्का पन्जा २ हो। स.न २०१६ मा रिलिज भएको छक्का पन्जा को दोश्रो संस्करण छक्क पन्जा २ हो।

२. छक्का पन्जा ” १४ करोड “


स.न २०१६ मा रिलिज भएको चलचित्र छक्का पन्जा ले १४ करोड व्यापार गर्दै दोश्रो स्थान कब्जा गर्न सफल भएको छ। यो चलचित्रमा दीपक राज गिरि, बर्षा राउत, प्रियन्का कार्की को बेजोड अभिनय देख्न सकिन्छ।

३. कोहिनूर “१२ करोड “


स.न २०१४ मा रिलिज भएको चलचित्र “कोहिनूर” नेपाली चलचित्र क्षेत्रको १० करोड पार गर्ने पहिलो नेपाली चलचित्र बनेको हो। यो चलचित्र आदरणीय स्वर्गीय महान अभिनेता श्री कृष्ण श्रेष्ठ को अन्तिम चलचित्र थियो। यो चलचित्र मा स्वर्गीय श्री कृष्ण श्रेष्ठ र श्वेता खड्का को बेजोड अभिनय देख्न सकिन्छ।

४. कबडी कबडी ” १० करोड “


स.न २०१५ मा रिलिज भएको चलचित्र कबडी कबडी ले १० करोड ब्यापार गर्दै चौथो स्थान हासिल गर्न सफल भएको छ। यो चलचित्र नेपाली कथानक चलचित्र कबडी को सिक्वेल हो। यो चलचित्रमा दया ह्यङ राई र सौगात मल्ल को बेजोड अभिनय देख्न सकिन्छ।

५. प्रेम गीत २ ” ८ करोड “

स.न २०१७ मा रिलिज भएको नेपाली कथानक चलचित्र प्रेम गीत २ स.न २०१६ मा रिलिज भएको चलचित्र प्रेम गीत को दोश्रो संस्करण हो। यो चलचित्रले ८ करोड ब्यापार गर्दै पाचौ स्थानमा रहन सफल भएको छ। प्रेम गीत २ मा प्रदीप खड्का, अस्लेशा ठकुरी र सोही चलचित्रका निर्माता सन्तोश सेन को बेजोड अभिनय देख्न सकिन्छ।

५. लूट २ “८ करोड “


स.न २०१७ मा रिलिज भएको लूट २ स.न २०१२ मा रिलिज भएको चलचित्र लूट को सिक्वेल चलचित्र हो।
यो चलचित्र ले ८ करोड व्यापार गर्दै पाचौ स्थानमा प्रेम गीत २ सङै कब्जा जमाउन सफल छ। यो चलचित्रमा सौगात मल्ल, दया ह्यङ राई र कामेश्वोर चौरासिया को बेजोड अभिनय देख्न सकिन्छ।

खबर एक्सप्रेस