आज:  | Thu, 28, Mar, 2024

लिलीबिलीको ‘ इज इट लभ’ को दुई दिनमै दस लाख भ्युज

२०७४, ४ माघ बिहीबार ०७:४४ मा प्रकाशित ( ६ साल अघि) ३७०६२ पाठक संख्या

अहिले चलचित्र लिलीबिलीको चौतर्फी चर्चा भैरहेको छ । प्रेमगीत २ स्टार प्रदिप खड्का, जसिता गुरुङ, अनुप बिक्रम शाही र प्रियन्का कार्की अभिनित यस चलचित्रको ‘इज इट लभ’ बोलको गीत भर्खरै मात्रै रिलिज भएको थियो । ‘इज इट लभ’ अहिले पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । रिलिज भएको दुई दिनमै यो गीतले १ मिलियन भन्दा बढि अर्थात १० लाख भन्दा बढी भ्युज कमाउन सफल भएको छ ।

गोबिन्द शाही, सुबास खड्का र मिलन चाम्सले निर्माण गरेको यो चलचित्रलाई मिलन चाम्सले नै निर्देशन गरेका हुन । चलचित्रको रिलिज मिति भने अहिले सम्म घोषणा भएको छैन ।

खबर एक्सप्रेस